इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झुम्का उद्योग वाणिज्य संघले आयोजना गरेको रथयात्रामा हजारौँ भक्तजनले सहभागिता जनाएका थिए ।
झण्डै २ दशक अघि शुरु गरेको कृष्ण रथ यात्राको १९ औँ संस्करण बिहिबार आयोजना गरिएको हो । ठेला रिक्सामा कृष्ण भगवान को मुर्ति शुरु गरिएको रथ यात्राले १९ औँ संस्करण भव्य रथसहित झुम्का बजार परिक्रमा गरिएको थियो ।
बिहाल भक्तजनको उपस्थितीमा गरिएको रथयात्रा झुम्केश्वर मन्दिरबाट शुरु भई कान्छी चोक पुगेर पुन कृषि फर्मासम्म पुगेको थियो भने अन्त्यमा झुम्केश्वर मन्दिरमै ल्याएर बिसर्जन गरिएको थियो ।
रथयात्रामा लाखेनाच सहित बिभिन्न संघ संस्थाका व्यानर सहित झाँकी समेत प्रस्तुत गरिएको थियो । रथयात्राको प्रमख अतिथीको रुपमा बालसन्त समेत उपस्थित भएका थिए ।हेर्नुहोस् फोटोमा कृष्णरथ यात्राको झलकहरू।