सुनसरीका विद्यालय स्तरिय प्रथम सेभेन साइड फुटसलको उपाधि तरहराको हिमशिखरलाई

प्रकाश बन्जारा ।

इटहरी । सुनसरीको इटहरीमा सम्पन्न प्रथम सुनसरी जिल्ला स्तरिय सेभेन साइड अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि तरहराको हिमशिखर इंग्लिस स्कुलले चुमेको छ ।

इटहरी ५ को पाथिभरा फुटसलमा बुधबार बाट भएको प्रतियोगिताको बिहिबार भएको फाइनलमा भरौलको स्काई इंग्लिस बोर्डिङ स्कुललाई ७–० को अन्तरले हराउँदै हिमशिखरले उपाधि हात पारेको हो ।

सुनसरी जिल्लाका इटहरी, ,रामधुनी, बराह र दुहवी पालिकाका २६ वटा विद्यालयको सहभागितामा भएको फुटसल प्रतियोगिताको रामधुनी १ को अल स्पोर्टस कलेक्सन ले आयोजना गरेको थियो भने हङ्गकङ्गको युनाइटेड फुटवल क्लवको सहयोग रहेको थियो ।

प्रतियोगिताको फाइनल खेलपछि कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको विजेताले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए भने उपविजेताले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

फाइनल खेलको म्यान अफ द म्याच स्काई इंग्लिस बोर्डिङ स्कुलका यसराज विक घोषित हुँदै नगद १ हजार र ट्रफी जित्न सफल भए भने हाई स्कोररमा हिमशिखरका सनन राई घोषित भए यस्तै बेष्ट गोलकिपरमा हिमशिखरकै प्रतिक राई घोषित भ एभने बेष्ट प्लेयर अफ द टुर्नामेन्ट तर्फ हिमशिखरकै सलोन जिमी घोषित भएको प्रतियोगिताका अध्यक्ष तथा अर्ल स्पोर्टस कलेक्सन का प्रोपाइटर बिमल मगरले जानकारी दिए ।

यो प्रतियोगिताको अर्को रोचक पक्ष भनेको बिजेता टिम हिमशिखरले खेलको सुरुवात देखि नै आफ्नो पोस्टमा गोल गराउन दिएको थिएन । पहिलो खेलमा पाराडाईस स्कुललाई ० को विरुद्ध ८ गोल गरेको हिमशिखरले प्रि क्वाटर फाइनलमा विश्व आदर्शलाई ० को विरुद्ध ४ गोल गरेको थियो भने क्वाटर फाइनलमा मकालु बोर्डिङलाई ० को विरुद्ध ३ गोल गरेको थियो ।

सेमी फाइनलमा भृकुटी इंग्लिस स्कुललाई ० को विरुद्ध ७ गोल गरेको हिमशिखरले पाइलनमा पनि स्काई लाई ० को विरुद्ध ७ गोल गर्न सफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.