अग्लिन गतिविधिको भिडियो सार्वजनिक भएपछि माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख राईले पाएको इन्टिग्रिटी अवार्ड रद्ध

इटहरी । इलामको माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले महिला कर्मचारीसँग अश्लिल गतिविधि गरेको सिसिटीभी फुटेज बाहिरिएपछि उनलाई सन् २०१९ मा प्रदान गरिएको इन्टिग्रिटी अवार्ड रद्ध गरिएको छ ।

अवार्ड प्रदान गर्ने संस्था एकाउन्टिविलिटी ल्याव नेपालले प्रदान गरेको इन्टिग्रिटी आइकन न२०१९ अवार्ड माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले प्राप्त गरेका थिए ।

अवार्ड प्रदायक संस्थाले बिहिबार एक विज्ञप्ती जारी गर्दै राईको अश्लिल गतिविधि गरेको भिडियोसँगै अवार्ड र प्रदायक संस्थाको समेत नाम मुछिएको भन्दै राईलाई घटनाको सत्यतथ्य माग गरेको जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत राईले आफुले उक्त घटनाको जिम्मेवारी लिएको बताएपछि एकाउन्टिविलिटी नेपालको बैठकले राईलाई प्रदान गरिएको उक्त अवार्ड रद्ध भएको घोषणा गरेको हो ।


इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहँदा एकाउन्टिविलिटी नेपालले राईलाई इन्टिग्रिटी आइकन २०१९ को अवार्ड प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.