इटहरी । विद्युतीय सवारीको प्रयोग बढाउने उदेश्यले नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको एकैसाथ उद्घाटन गरेको छ ।
बुधबार नेपाल विद्युत प्राधिकरणले एकैसाथ देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको उद्घाटनग गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका थिए भने अन्य ४९ वटाको समेत एकैसाथ बुधबारै उद्घाटन गरिएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएकाचार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन् ।
उनले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए ।
उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेवा सुविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाए ।
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ ।
घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए ।
उनले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजार लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताए ।
कहाँ कहाँ खुल्यो स्टेशन
१। धार्के धादिङ २
२। मुग्लिङ चितवन १
३। साझा सेवाबल्खु काठमाडौं २
४। साझा सेवापुल्चोक ललितपुर १
५। नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं १
६। नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
७। पारस बसपार्क चितवन २
८। खुर्कोट सिन्धुली २
९। सिन्धुली बसपार्क सिन्धुली १
१०। इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी २
११। हरिवन सर्लाही २
१२। इनरुवाबसपार्क सुनसरी १
१३। प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
१४। कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
१५। पर्यटक बसपार्क पोखरा कास्की १
१६। दमक बसपार्क झापा २
१७। बेलकानगरपालिका उदयपुर २
१८। बिर्तामोड बसपार्क झापा २
१९। सुर्खेत बसपार्क सुर्खेत २
२०। हेटौडा, रातमाटे मकवानपुर २
२१। विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
२२। प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
२३। बेगनास ताल, पोखरा कास्की १
२४। बुटवलबसपार्क रुपन्देही २
२५। इटहरी सुनसरी १
२६। विराटनगर मोरङ १
२७। कोहलपुर नयाँबसपार्क बाँके २
२८। धनगढी कैलाली २
२९। त्रिशूलीहावा घर नुवाकोट १
३०। बट्टार, त्रिशूली नुवाकोट १
३१। कुश्मा पर्वत १
३२। लमहीबसपार्क दाङ २
३३। लम्की कैलाली १