महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि एक दिने स्वास्थ्य शिविर आज विहिबार भासि स्वास्थ्य चौकीमा हुँदै

इटहरी । महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि एक दिने स्वास्थ शिविर आज विहिबार रामधुनी १ को भासि स्वास्थ्य चौकीमा हुँदैछ ।

जिल्ला अस्पताल इनरुवाको सहयोग तथा रामधुनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा एक दिने स्वास्थ्य शिविर सञ्चालन भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले बताएका छन् ।

 

शिविरमा महिलाको आंग खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गरिने स्वास्थ शाखा प्रमुख पौडेलले बेष्ट सञ्चारलाई सुनाए ।

शिविर वडा नम्बर १ र २ का विपन्न र दुर्गम बस्तिका महिलालाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शाखाले बताएको छ । सेवाग्राहि आएमा दिनभर शिविर सञ्चालन गरिने बताईको छ । शिविरको लागि जिल्ला अस्पतालको मेडिकल टिमनै भासि स्वास्थ्य चौकीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.