इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ डुम्राहा मा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यलय इनरुवा सुनसरीका प्रहरी निरिक्षक रोमनराज अर्याल र प्रहरी चौकी डुम्राहा का प्रमुख सनम राजवंशी सहितको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।
बिहिबार बिहान सम्म घटनाको बारेमा थप जानकारी प्राप्त नभएको प्रहरी चौकी डुम्राहाले जनाएको छ । बच्चा सालनाल सहित रहेकाले स्थानीय गाँजमै कसैले अबैध बच्चा जन्माएको हुन सक्ने आंशका गरिएको छ । बच्चाको शव दुई तीन दिन अगाडीको फालिएको हुन सक्ने प्रहरीले बताएको छ ।
बेष्ट सञ्चारसँगको कुराकानीका प्रहरी चौकी डुम्राहा का प्रमुख सनम राजवंशीले बुधबार दिउँसो अन्दाजी साढे १२ बजे प्रहरीलाई खवर आएपछि जाँदा रामधुनी–८ टाइसन चौक र हरिण चौक बीचको बाटोबाट करिब ३०० मिटर उत्तर शाखा नहरमा शव फेला परेको बताए ।
घटनास्थलमा मुचुल्का गरि शिशुको शव जिल्ला अस्पताल इनरुवा लगिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।