समाज रुपान्तरणमा संघर्षसिल बालरोग विशेषज्ञ डा.फरेन्द्र साह

प्रकाश बन्जारा ।

हाम्रो देश त्यत्तिकै नबनेको होइन । हरेकले आफ्नो जिम्मेवारीलाई गहन हिसावले निभाउने हो भने देश बनाउन अर्को जुनी कुर्नै पर्दैन न त अरु कसैलाई गुहार्नुपर्छ । देश बनाउने तथा आफ्नो जिम्मेवारीलाई गहन हिसावले निभाउने क्रममै हामीसँगै थुप्रै देश प्रेमी अनि समाजसेवी व्यक्तित्वहरु छन् । जो अरुलाई अपजस दिँदैनन् बरु गरेर देखाउँछन् । समाजलाई रुपान्तरणको दिशामा अग्रसर हुने हस्तीहरूको कथा संकलन गर्ने क्रममा हामीले एक साँझ सुनसरीको सदरमुकाम इनरुवामा वितायौँ ।

देशको सबैभन्दा महत्वपुर्ण चुनौती हो स्वास्थ्य सेवा । अन्य क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा पनि कैयौँ विकृति र विसंगति हरु छन् तर ती सबै विकृति र विसंगतिलाई चिर्न सकिन्छ । सेवा भावबाटै समाजलाई परिवर्तन गर्न सकिन्छ भनेर लागेका संघर्षसित स्वास्थ्य कर्मी फरेन्द्र साहलाई भेटेपछि समाजमा स्वास्थ्य कर्मी हरुले निभाएको महत्वपुर्ण जिम्मेवारी सम्बन्धि केहि नविनतम तथ्यहरु समेत फेला परे ।

सबै डाक्टरहरुले बिरामीलाई हेर्ना साथ अथवा उपचार गर्दाका बखत त्यो बिरामी मेरै कोहि आफ्नो मान्छे हुनुपर्छ भनेर सोच्न सके स्वास्थ्य क्षेत्रमा हुने धेरै विकृतिको अन्त्य हुने विश्वास व्यक्त गर्ने डा फरेन्द्र साह कुनै समय सुनसरी जिल्ला अस्पताल इनरुवाका पहिलो बाल रोग विशेषज्ञ डाक्टर हुन ।

२०४३ साल असार १९ गते सुनसरी सदरमुकाम इनरुवाको वडा नम्बर १ मा जन्मिएका साहको प्राथमिक शिक्षा इनरुवा इंग्लिस बोर्डिङ स्कुलमा भएको रहेछ । पछि भानुभक्त मेमोरियल कलेजमा विज्ञान संकायमा प्लस टु सकाएका साहले वीरगन्जको नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट एमविविएस सकाएका हुन ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजबाट एमविविएस सकाएका डा. साहले २ बर्ष सम्म आफ्नो अनुभवको लागि विराटनगरको लाइफ गार्ड हस्पिटलको बालरोग बिभागमा काम गरे ।

पढाई भन्दा पनि व्यवहारिक ज्ञान सिक्न सके विज्ञताको लागि सहज हुन्छ भन्ने यथार्थलाई राम्रोसँग बुझेका डा. साहले २ बर्ष का मगर्दै गर्दा आइसीयु, एनआईसियु, पिआईसियु जस्ता सबै बिभागमा व्यवहारिक ज्ञान हासिल गर्ने मौका पाएका थिए ।

बालरोगमा नै विज्ञता हासिल गर्ने हिसावले २ बर्ष अनुभव सँगालेका फरेन्द्रले मेडिकल अफिसरको लागि फिलिपिन्स जाने निधो गरे । डाक्टरहरुले जुन विषयमा विज्ञता हासिल गर्ने हो त्यसका लागि एमविविएस सकाएपछि ३ बर्ष त्यहि विषयको प्राक्टिकल सहितको अध्ययन गर्नुपर्ने हुन्छ ।

अमेरिकी पाठ्यक्रम रहेको राष्ट्र फिलिपिन्समा ३ बर्षे विज्ञताको लागि गएका साहले त्यहाँ पढ्ने र प्राक्टिकल गर्ने राम्रो अवसर मिल्यो । हुन त उनलाई एमविविएस सकाउन्जेलसम्म बालरोगमा विज्ञेत गर्ने रहर थिएन । अर्थोपेडिक अर्थात हाड तथा जोर्नी सम्बन्धिको विज्ञता गर्छु भन्ने थियो तर जव उनले एमविविएसका कक्षाहरु पढ्दा सम्म उनको बालरोग सम्बन्धि मार्क सबभन्दा कम आयो तर एमविविएसमा सोचेभन्दा राम्रो मार्क मिलेको थियो त्यहि भएर पनि फरेन्द्रले आफु बालरोगमा विज्ञता हासिल गर्ने सोच बनाएका थिए । त्यहाँ माथि लाइफ गार्ड हस्पिटलमा का मगर्दै गर्दा अनुभव पनि बढेको थियो ।

फिलिपिन्स बसाई र गाह्रो र रमाइलो उत्तिकै भयो । अमेरिकन स्टान्डर्ड मा पढाई हुने फिलिपिन्समा लगातार ३६ देखि ४० घण्टा सम्मको कडा रुटिङ्ग हुन्थ्यो । हस्पिटलमा बच्चा हेर्ने देखि लिएर कक्षा लिने, आफुलाई दिइएको प्लानहरू तयार गर्ने लगायतका काम गर्नुपर्यो । त्यतिमात्रै नभएर घरको काम समेत आफैँ गर्नुपर्ने लगायतका कामहरु थिए । फिलिपिन्स बसाईकै क्रममा फरेन्द्र २ पटक विरामी परे । तर पनि आफुले बुझाउनु पर्ने थेसिस उनले समयमै बुझाउन सफल भएका थिए । सन् २०१७ को नोभेम्बरमा साहले आफ्नो विज्ञताको प्रमाणपत्र पाए अर्थात एमडी सकाए ।

एमडी गरेपछि एक बर्ष भित्र डाक्टरको लाइसेन्स अर्थात नेशनल मेडिकल काउन्सिलको लाइसेन्स लिनुपर्ने हुन्छ फरेन्द्रले एम डि सकाएर आउनासाथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत स्वास्थ्य सेवामा जागिर गर्ने मौका पाएका थिए । आफु जन्मे हुर्केको ठाउँमा सेवा गर्ने हिसावले उनले जिल्ला अस्पताल इनरुवालाई रोजे र भने अनुरुप नै पद रिक्त नभएपनि उनको धोको पुरा भयो । जिल्ला अस्पताल सुनसरीको पहिलो बालरोग विशेषज्ञको रुपमा स्वास्थ्य सेवा थालेका फरेन्द्र अहिले इनरुवमा आफ्नै नीजि बालबालिका क्लिनिक चलाउँछन् । त्यतिमात्रै होइन उनले विराटनगरको लाइभ गार्ड , म्याक्स, गेटवेल, ग्रिन क्रसमा सेवा दिइसकेका छन् भने विराटनगरमै जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टरको नामबाट आफैँ मेडिकल डाइरेक्टर रहेको अस्पताल समेत सन्चालन गरिरहेका छन् ।

इटहरीमा रहेको एपेक्स हस्पिटल, माया मेडिकलमा समेत समय दिइरहेका यी बालरोग विशेषज्ञ डाक्टर धरान तथा विराटनगरबाट रेफर भएर आउने विरामीलाई सेवा दिन्छन् ।

कतिपय केशमा कान्ति बाल अस्पतालमा नसकेको उपचार समेत आफुसँग आएपनि निदान भएको डा साहको भनाई छ ।
बच्चाको उपचार भन्दा पनि काउन्सिलिङ सबैभन्दा महत्वपुर्ण हुन्छ भन्ने डा. साह विरामीका आफन्तलाई रोग के हो त्यो बुझाउन सक्नुपर्ने धारणा राख्छन् ।

नेपालमा डाक्टर लगायतका पेशाकर्मी हरुलाई दिने रेस्पेक्ट नभएको उनको बुझाई छ । त्यहि बुझाइका कारण पनि नेपालका धेरै डाक्टरहरु देश छाडेर पलायन भइरहेको कुरा हामीले बुझ्ने अवसर पायौँ ।

डाक्टरहरु कम तलवमा सामाजिक सुरक्षा बिनै देशमा काम गरिरहेका छन् त्यसो त लामो समयदेखि पद रित्त भएका ठाउँहरुमा पदपूर्तिका लागि लोकसेवा आयोग नखुल्नु, डाक्टरहरुलाई उनिहरुको उपचार पद्धती र अवस्थाको मुल्याकंन नगरी आक्रमण गर्नु जस्ता कुराहरुले उनीहरुमा वितृष्णा उत्पन्न हुने गरेको समेत हामीले बुझयौँ ।

कतिपय अवस्थामा स्वास्थ्य सेवामा समेत अरुको खुट्टा तान्ने प्रवृति रहेको डा फरेन्द्र सुनाउँछन् । आफुसँग जागिर नहुँदा कुनै बेला फरेन्द्र जागिर खोज्दै निकै भौतारिएका पनि थिए तर भने अनुरुप जागिर पाउने अवस्था आएन । शुरु सुरुमा आफ्नो सेट अप नहुँदा साहलाई पनि निकै गाह्रो थियो । अहिले सफल हुँदै गर्दा सबै उनको साथमा छन् तर काम गर्ने बेला उनको सपोर्टमा कोहि थिएनन् । व्यक्तिगत डिटरमेनेसन बाहेक सपोर्ट कहिँबाट पनि नपाएको उनले हामीलाई सुनाए ।

शशी नारायण साह र चन्द्रावती साहका छोरा फरेन्द्रकी जिवनसंगीनी जानकी साह अहिले उनीसँगै बालबालिका क्लिनिकमा बस्छिन् । एक छोरीका बाबु बनिसकेका फरेन्द्र आफ्नी छोरीको नाम जानवी राख्ने सुरमा रहेको हामीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.