दश दिन पछि कोशीको टापुमा भेटियो बेपत्ता डाक्टरको शव, प्रेममा असफल भएपछि आत्महत्या गरेको हुन सक्ने अनुमान

इटहरी । गाडी छाडेर एक्कसी बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको सुनसरीको बराहक्षेत्र २ स्थित कोशीको भंगालो छुटेको टापुमा फेला परेको छ ।

दमकका कोइरालाको शव बेपत्ता भएको दश दिन पछि मंगलबार भेटिएको हो । माछा मार्ने व्यक्तिहरूले शव देखेर प्रहरीलाई खबर गरेको र आफन्तले शव कोइरालाको भएको प्रमाणित गरेका थिए ।

शवलाई मंगलबार साँझ ६ ल्याएर पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

कोइराला भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर बेपत्ता भएका थिए । भदौ ११ गते उनको सवारीसाधन चतराको पुलपारि बेवारिसे अवस्थामा फेला परेको थियो ।

गाडी फेला परेको क्षेत्रमा जडान गरिएको सिसी क्यामेरा फुटेजमा कोइराला चतराको पुलमा यताउता गरेको र टहलाएको अवस्थामा देखिएका थिए । उनको मोबाइल र जुत्ता गाडीमा भेटिएको थियोे ।

सिसिटिभी फुटेज, मोबाइल कलडिटेल्स र ती युवतीको भनाइलाई आधार मान्दा डा। कोइरालाले प्रेम असफल हुने निष्कर्षमा पुरेर कोसीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीका जनरल सर्जन ३२ वर्षीय डा.काइरालाले दमकको लाइफलाइन अस्पतालमा तीन वर्षभन्दा बढी समय काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.