सुनसरीका २६ विद्यालयबीच फुटसल प्रतियोगिता, बिजेतालाई २५ हजार पुरस्कार

प्रकाश बन्जारा ।
इटहरी । रामधुनी १ मा रहेको अल स्पोर्टस कलेक्सनकोआयोजनामा पहिलो सेभेन साइड अन्तर विद्यालय फुटसल प्रतियोगिता सुनसरीको इटहरीमा बुधबारबाट हुने भएको छ ।

सुनसरी जिल्लाका बिभिन्न पालिकाबाट २६ वटा विद्यालयका विद्यार्थीहरु फुटसलमा सहभागि हुन लागेको अल स्पोर्टस कलेक्सन का प्रोपाइटर तथा खेलप्रतियोगिताका अध्यक्ष बिमल मगरले मंगलबार पत्रकार सम्मेलनमा बताए ।

इटहरी ५ काव्यबाटिका नजिकै रहेको पाथिभरा फुटसलमा हुन लागेको प्रतियोगितामा इटहरी, रामधुनी, दुहवी तथा बराहका पालिकाबाट विद्यालयहरुले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितालाई हङकङमा रहेको युनाइटेड फुटवल क्लवले सपोर्ट गरेको छ भने सहभागिता भए बापत विद्यालयहरुले नै उठाएको शुल्कबाट प्रतियोगिता सञ्चालन हुन लागेको अध्यक्ष मगरले पत्रकार सम्मेलनमा बताए ।

विरेन्द्र कुमार गुरुङको संयोजनमा हुन लागेको फुटसल प्रतियोगितामा भुपेन्द्र लामा तथा सन्देश श्रेष्ठको समेत सक्रिय सहभागिता रहने आयोजकले बताएको छ ।

जिल्लामा आयोजना हुने खेल प्रतियोगिताहरु धेरै नाफा ओरेन्टेड हुने तर आफुहरुले शोखका कारण प्रतियोगिता आयोजना गर्न लागेकाले पनि धेरैको साथ नभएको आयोजकको भनाई छ ।

धेरै विद्यालयहरुमा फुटवल प्रतियोगितात्मक हुने भएपनि फुटसललाई समेत प्रतियोगितात्मक बनाउन यस्तो प्रयास थालिएको फुटवल प्रशिक्षक समेत रहेका बिमल मगरले सुनाए ।

बिहिबार सम्पन्न हुने प्रतियोगितामा बिजेता विद्यालयले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट बिद्याहरुमा सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय नगद सहित ट्रफी प्रमाणपत्र, सर्वोत्कृष्ट गोल रक्षकलाई १ हजार ५ सय नगद सहित ट्रफी प्रमाणपत्र, , सर्वोत्कृष्ट गोलकर्तालाई १ हजार ५ सय नगद सहित ट्रफी प्रमाणपत्र, र फाइनल खेलको म्यान अफ द म्याचलाई १ हजार नगद सहित ट्रफी प्रमाणपत्र, प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.