प्रकाश बन्जारा ।
इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा रामधुनीको झुम्कामा बिहिबार वृहत रथयात्रा हुने भएको छ ।
उद्योग वाणिज्य संघ झुम्काको आयोजनामा हुन लागेको रथयात्रामा २० हजार भन्दा बढीले अवलोकन गर्ने सहितको तयारी भइरहेको उद्योग वाणिज्य संघ झुम्काका वाणिज्य सचिव मनिष गेलालले जानकारी दिएका छन् ।
झुम्काको झुम्केश्वर मन्दिरबाट सुरु हुने रथयात्रा कान्छिचोक सम्म पुग्ने र फर्किएर कृषि फार्मसम्म पुग्ने र पुन झुम्केश्वर मन्दिरमै आएर टुंगिने छ ।
रथयात्रामा प्रमुख अतिथिको रुपमा अन्न्त बिभुसित बालसन्त मोहनशरण देवाचार्य महाराज लाई आमन्त्रण गरिएको आयोजक झुम्का उद्योग वाणिज्य संघले बताएको छ ।
रथ यात्रालाई भव्य बनाउन संघ सस्था साथै स्थानीय भजन मण्डलीहरुलाई आमन्त्रण गरिसकिएको छ भने सुरक्षाका लागि इलाका प्रहरी कार्यलय पकल, इटहरी, जिल्ला प्रहरी , जिल्ला टाफिक प्रहरी, शसस्त्र प्रहरी साथै प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्कालाई समेत पत्राचार गरिसकिएको उद्योग वाणिज्य संघका सचिव गेलालले बेष्ट सञ्चारलाई बताए ।
रथ यात्रालाई रामधुनी नगरपालिका तथा वडा कार्यालयहरुले समेत सहयोग गर्ने बताएका छन् ।