इटहरी । बैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई सहजिकरण गरिरहेको जेनुइन एजुकेशन एण्ड भिषा सर्भिसेस ले विद्यार्थी तथा अभिभावकलाई शैक्षिक परामर्श गर्ने उदेश्यले एक दिवसीय एजुकेसन फेयर गर्ने भएको छ ।
सन् २०१६ मा स्थापना भएर बैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई सहजिकरण गरिरहेको जेनुइनले भदौ २१ गतेदेखि देशका बिभिन्न ५ शहरमा एक एक दिनको अभिभावक तथा विद्यार्थीलाई परामर्श गर्न फेयरको सञ्चालन गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
हालसम्म ६ सय भन्दा बढी विद्यार्थीलाई अष्ट्रेलिया सहितका देशमा अध्ययनका लागि सहजीकरण गरिसकेको जेनुइनले झापाको दमकमा भदौ २१ गते, सुनसरीको इटहरीमा भदौ २२ गते , झापाको बिर्तामोडमा भदौ २३ गते, चितवनमा भदौ २९ गते र काठमाण्डौमा असोज ३ गते एजुकेसन फेयरको आयोजना गर्न लागेको बताएको छ ।
एजुकेशन फेयरमा अष्ट्रेलियाको कन्टेरबुरी इन्ष्टिच्युट अफ म्यानेजमेन्ट, अस्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज, सिड्नीमा रहेको लाप्स कलेज, स्टेनले कलेज र मेलवर्नको युनिभर्सल हायर एजुकेसनका प्रतिनिधि आफैँ आएर त्यहाँ उपलव्ध हुने सेवाको बारेमा जानकारी दिने जेनुइन एजुकेसन भिषा सर्भिसेस इटहरीका प्रमुख अर्जुन उप्रेतीले जानकारी दिए ।
एजुकेसन फेयरमा अभिभावक तथा विद्यार्थी आएर कलेज तथा त्यहाँको अवस्थाको बारेमा जानकारी लिन जेनुइनका निर्देशक लक्ष्मी कान्त खनालले अनुरोध गरेका छन् ।