इटहरी । सुनसरीको इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षको नाफाबाट आफ्नो सदस्यलाई साढे दश प्रतिशत नगद लाभांश दिन सक्ने
गत आर्थिक बर्षमा १३ प्रतिशत नगद लाभांश दिएको सहकारीले यस बर्ष ब्यालेन्स सिट अनुसार साढे दश प्रतिशत नगद लाभांश दिन सकिने संस्थाका व्यवस्थापक कुमार निरौलाले बताए ।
कुल शेयर पूँजी ९ करोड ७७ लाख २८ हजार १०० रुपैयाँ रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ गतेबाट आफ्नो आफ्नो साधारणसभा इकाइ गत रुपमा गर्न लागेको छ ।
संस्थाको कोषमा हाल ८ करोड ७८ लाख रुपैयाँ रहेको संस्थामा ३७ प्रतिशत नगद तरलतासमेत रहेको बताइएको छ । संस्थाले आफ्नो इकाई गत साधारणसभा भदौ १९ गते धरान इकाई,भदौ २१ गते कालाबन्जार इकाई,भदौ २२ गते खनार इकाई र भदौ २३ गते दुर्गा पार्टी प्यालेस इटहरीमा बस्ने तालिका यस अघिनै सार्वजनिक गरेको थियो ।
आर्थिक बर्ष २०७९र ८० मा सहकारीले ८ करोड ३३ लाख ५२ हजार ४८७ रुपैँया कुल आम्दानी गरेको छ भने ५ करोड ७१ लाख ४७ हजार २७४ रुपैँया खर्च गर्दै २ करोड ६२ लाख १३ हजार १७५ कर अघिको नाफा कमाएको छ ।