डेङ्गी सम्बन्धि सावधानी हाम्रो जिम्मेवारी,राईजिङ्ग स्टार इङ्ग्लिस स्कुलले थाल्यो सचेतना

समृद्धि काफ्ले
बक्लौरी । सुनसरीका साथै नेपालका विभिन्न पालिका हरमा तीब्र महामारीको रुपमा फैलिरहेको डेंगु भाइरस नियन्त्रणको निमित्त रामधुनी ६ बक्लौरी सुनसरीमा स्थित राईजिङ्ग स्टार इङ्ग्लिस स्कुलले सचेतना थालेको छ ।

विद्यालयका प्रद्यानाध्यापक शिव कुमार राई र उपप्रमुख ऋषि राज आचार्यको सहयोगमा स्कुलमा अध्ययनरत कक्षा ९ का विद्यार्थी समृद्धि काफ्ले र युजिन श्रेष्ठले सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा भाग लिएका सम्पूर्ण विद्यार्थीहरूले आफ्नो घर परिवार छिमेकी र आफन्तहरूमा समेत सचेतना जगाउनेगरी अभिमुखिकरण गरिएको छ । अन्य विद्यालयहरूले पनि डेंगु सचेतना कार्यक्रम जस्ता सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र यसले विद्यार्थीहरूलाई जनस्वास्थ्यसम्बन्धी समस्याहरूबारे शिक्षा दिन, जिम्मेवारीको भावना जगाउन र युवा पुस्तालाई सचेत निर्णयहरू गर्न सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयले बताएको छ ।

अभिमुखिकरणमा सहभागी विद्यार्थीहरुले स्वास्थ्य र तिनीहरूको समुदायको कल्याणका लागि जागरुकता मात्र नबढाई नागरिक संलग्नता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई पनि बढावा दिने विश्वास लिइएको छ ।
अब, हामीले पानी डेंगुको बारेमा आवश्यक ज्ञानले आफूलाई सुसज्जित बनाउनु महत्त्वपूर्ण भएको छ। यो लामखुट्टेबाट सर्ने रोगबाट कसरी सुरक्षित रहन सकिन्छ भनेर बुझ्नु आवश्यक छ ।

सबैभन्दा सुरुमा हामीले डेंगु भनेको के हो भनेर थाहा पाउनु आवश्यक पर्छ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष विश्वभर लाखौँको सङ्ख्यामा हुने गरेको छ । हलुका डेङ्गु ज्वरोले उच्च ज्वरो र फ्लू जस्ता लक्षणहरू निम्त्याउँछ । डेङ्गु गम्भीर रूप, जसलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मृत्यु पनि निम्त्याउन सक्छ ।

डेङ्गु ज्वरो कसरी सर्छ ?

डेङ्गु एडिस (Aedes) नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ ।
लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् ।
डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ ।

आब हामीले डेंगु भएको कसरी थाहा पाउने त ?
डेङ्गुका लक्षणहरू के के हुन्  ?

डेङ्गुको संक्रमण भएका व्यक्तिहरूमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियस सम्म ) देखिन्छ । साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरूमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन् :
• आँखाको पछाडि (भित्रि) भाग दुख्नु
• वाकवाकी लाग्नु
• मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु
• शरीरका ग्रंथिहरु सुन्निनु
• छाला रातो हुनुका साथै छालामा डाबर आउनु
पेट दुख्नु
• लगातार बान्ता हुनु
• गिजा वा नाकबाट रक्तस्राव हुनु
• दिसापिसाब वा बान्तामा रगत देखिनु
• सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु
• चिडचिडाहट या बेचैनी हुनु
• छालामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ

लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।
डेङ्गु बाट पीडित २० जनामध्ये एक जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ ।
अब हामीले डेंगु बाट बच्न के के सभधानी अपनाउनु पछ त ?

डेङ्गु ज्वरोको उपचार गर्ने एक मात्र उपाय भनेको लक्षणको व्यवस्थापन गर्नु हो,

जस्तै:
• प्रशस्त पानी र तरल पदार्थ पिउने
• सकेसम्म धेरै आराम गर्ने
• ज्वरो नियन्त्रण गर्नका लागि Paracetamol को प्रयोग गर्ने
• इबुप्रोफेन (Ibuprofen) वा एस्पिरिन (Aspirin) को प्रयोग नगर्ने। यी औषधीले आन्तरिक रक्तस्राव को खतरा बढाउन सक्छ ।
डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ जस्तै:
• घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
• लामो बाहुला भएको लुगा लगाउने
• घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरू, बाल्टी तथा ब्यारेलहरु हटाउने
• हप्तामा कम्तिमा एक पटक घर वरपरको गमलाको प्लेट, फुल दानी, कुलर, खाली कन्टेनरहरू र पुरानो टायरहरूलाई सफा गर्ने

डेङ्गु बाट बच्नको लागि डेङ्गुको खोप पनि प्रयोग गर्न सकिन्छ । तर डेङ्गुको भ्याक्सिन पहिले नै डेङ्गु भएको व्यक्तिहरुलाई मात्र सिफारिस गरिन्छ।
यसले भविष्यमा डेङ्गु भाइरसको फरक सँस्करणले गर्दा डेङ्गु लागेको खण्डमा गम्भीर डेङ्गु (डेङ्गु हेमोरेजिक फिभर) को जोखिम कम गर्न सक्छ ।
विश्व स्वास्थ्य संगठन (WHO) ले डेङ्गु रोग लागेको क्षेत्रमा डेङ्गु ज्वरो कम गर्न डेङ्गुको भ्याक्सिन आफैँमा प्रभावकारी माध्यम नभएको बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.