इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा कर्पोरेट कार्यलय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आगामी असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म आफ्नो साधारणसभा गर्ने भएको छ ।
साकोसले बिहिबार एक सुचना सार्वजनिक गर्दै आफ्नो इकाई गत साधारण सभाको मिति सार्वजनिक गरेको हो ।केहि समय अघिमात्रै इटहरी २० तरहराको सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण गरेर ठुलो आकारमा वृद्धि भएको किसान कल्याणले इकाई गत रुपमा आठ वटा स्थानमा आफ्नो साधारणसभा सम्पन्न गर्ने भएको छ ।
असोज १९ गते राजाबास र बाङ्गे सेवा केन्द्रलाई लक्षित गर्दै सुर्य फेमिलि पार्टी प्यालेस जंगली चोक, असोज २० गते शनिवार सुन्दर सेवा केन्द्रलाई लक्षित गर्दै भुपु सैनिक भवन तरहराको सभाहल, २१ गते आइतबार चतरा सेवा केन्द्रलाई लक्षित गर्दै औलिया बाबा मन्दिरको हल चतरा सौ २२ गते सोमबार इटहरी र पुर्वी गैसार सेवा केन्द्र लक्षित गर्दै नेपा पार्टी प्यालेस इटहरीको सभाहलमा साधारण सभा आयोजना गर्न लागेको हो ।
यस्तै किसान कल्याणले असोज २३ गते मंगलबार रामधुनी सेवा केन्द्र लक्षित गर्दै कल्पवृक्ष पार्टी प्यालेस झुम्का, २४ गते बुधबार खनार सेवा केन्द्र लक्षित गर्दै रेडक्रस भवन खनार र संस्थाको कार्यलयको लक्षित साधारणसभा लायन्स भवन इटहरीमा असोज २५ गते तोकिएको छ भने कार्तिक २ गते बिहिबार प्रतिनिधिहरको भेला संस्थाको हल बालग्राममा हुने भएको छ ।
साधारण सभाका आर्थिक बर्ष २०७९।८० को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल, चालु आर्थिक बर्षको प्रस्तावित कार्यक्रममा छलफल,नीति तथा कार्यक्रममा छलफल गर्नुका साथै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा र लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।