इटहरी । बेष्ट सञ्चार मिडिया प्रा लीले आगामी सनिवार सहकारी संस्थाहरुमा देखिएका समस्या र यसका समाधान बिषयक बहस कार्यक्रम गर्ने भएको छ ।
तीन खम्बे अर्थनीति अन्तर्गत विकासको एउटा खम्बाको रुपमा चिनिएको सहकारीलाई केहि सहकारीमा निम्तिएको समस्याले बदनाम गराइरहेको अवस्थामा यसका बिबिध पक्ष केलाउने हिसावले बहस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
बहस कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, प्रदेश सहकारी प्रशिक्षण तथा रजिष्टार कार्यलय इनरुवाका निमित्त प्रमुख हरि बहादुर खत्री ,सुनसरीको इटहरी, रामधुनी र इनरुवा नगरपालिकाका जनप्रतिनिधि,सहकारी शाखा प्रमुख साथै सहकारी अभियन्ताहरुको उपस्थिती रहने छ ।
सहकारी संस्थामा देखिएको बेथितिलाई केलाउँदा भावी सहकारी आन्दोलनको दिशा तय गर्न र सूचनाको माध्यमबाट सहकारीका समस्या समाधानका लागि कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको बेष्ट सञ्चार मिडिया प्रालीले बताएको छ ।
बहस कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका साथै सुनसरी जिल्लाका सम्पुर्ण सहकारी संस्थाका घटकहरूलाई निमन्त्रणा गरिएको बताइएको छ । कार्यक्रम उत्सव होटलको सभाहलमा बिहान ११ बजेका लागि तय गरिएको छ ।