पानीको बहाव बढेपछि इतिहाँसकै चौथो पटक खोलिए सप्तकोशी नदीका ५६ ढोका

इटहरी । पहाडी जिल्लामा पानीको बहाव बढेर नदीमा बाढी आएपनि सप्तकोशी नदिमा उच्च पानीको बहावसँगै इतिहाँसमै चौथो पटक ५६ वटै ढोका खोलिएका छन् ।

पानीको बहाव बढेपछि संकेत स्वरूप रातो बत्ती बाल्दै ५६ वटै ढोका खोलिएको कोशी व्यारेज कन्टोल रुमले जनाएको छ । पानीको बहाब बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो ।

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। सप्तकोसीमा नदीमा शुक्रबार राति १० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोसी ब्यारेज कन्ट्रोल का अनुसार शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

यसअघि गत साउन २९ गते यस वर्षकै उच्च ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ।

कोशी ब्यारेजका सबै ढोका खोलेका कारण कोसी प्रभावित क्षेत्रमा कुनै खतरा नभएको र पूर्व९पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.