इटहरी । सुनसरी जिल्ला प्रशासनले धरान प्रवेश गर्न निषेध गरेस्ाँगै धार्मिक गुरुहरुले र्याली नरोकिने बताएका छन् ।
हिन्दू धर्म गुरुहरुले शुक्रबार साँझ इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ९ गते धरानमा र्याली गरेरै छाड्ने घोषणा गरेका छन् ।
र्यालीको लागि देशभरबाट हजारौं मानिसहरु आउने तय भइसकेको जानकारी दिँदै प्रशासनको निषेधाज्ञाले नछेक्ने बताएका छन् ।
आफूहरुले गर्न लागेको शान्ती तथा सद्भाव र्यालीलाई अवरोध गर्ने उद्देश्यले सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै हिन्दु धर्मका धार्मिक गुरुहरूले विरोध जनाएका हुन । पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो निषेधाज्ञाले धरानमा गोबधलाई संरक्षण गरेको आशंका उत्पन्न भएको बताएका छन् ।
नेपालीको एकता र सद्भावलाई विथोल्न खोज्ने कुतत्वले गो हत्या गरेको उल्लेख गर्दै चतरा धामका पिठाधिष जगत् गुरु बाल सन्त मोहन शरण देवाचार्यले सद्भाव विथोल्न नदिन आफूहरुले कार्यक्रम गर्न लागेको बताएका थिए ।
पत्रकार सम्मेलनमा दीनबन्धु शास्त्री महाराजले साथै अन्य धार्मिक गुरुहरुले गोहत्याका दोषीहरुलाई कारवाही नगरेर प्रशासनले हिन्दू भावनामा ठेँस पुर्याएको र संविधानको उल्लंघन गरेको समेत आरोप लगाए । गोहत्याका दोषीलाई कारवाही गरेमा आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नेसमेत बताए ।