आज राती १२ बजेदेखि धरानमा निशेधआज्ञा,डेंगु नियन्त्रण नहुन्जेलसम्म जनस्वास्थ्य आपतकाल

प्रकाश बन्जारा ।

इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरानमा देखिएको धार्मिक तथा साम्प्रदायिक अवस्था तथा जनस्वास्थ्य समेतको अवस्थालाई हेर्दै आज राती १२ बजेदेखि भोली राती १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुनसरीका १२ पालिकामा डेंगु फैलिएर १६ हजार भन्दा बढी संक्रमित भएकोले धरान उपमहानगरमा डेंगु नियन्त्रण नहुन् जेलका लागि स्वास्थ्य संकटकाल घोषणा सिफारिस गरेकी छन् भने यस अवस्थामा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिक भोलि एक दिनका लागि अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनितिक सभा , र्याली, भेला तथा प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न तथा नगराउन भन्दा निशेध आज्ञा जारी गरिएको छ ।

प्रशासनको आदेशलाई अटेर गरे स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने समेत सुनसरी जिल्ला प्रशासनले सचेत गराएको छ ।
धरान उपमहानगर प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र न।पा १ मा पर्ने झण्डा चोकदेखि धरान तर्फको क्षेत्र, धरान प्रवेश गर्ने रामधुनी ६ बाट बराहा क्षेत्र नपाको ३ नडाहाचोकबाट धरान प्रवेश तर्फको क्षेत्र, इटहरी २० तरहरा पानीपियादेखि उत्तरतर्फको धरान क्षेत्र, धरान ५ प्रवेश गर्ने केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको सागुरीगढी गापाको ६ भेडेटारबाट धरान तर्फ प्रवेश गर्ने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हस्ताक्षर गरेको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.