इटहरी । झापाको चारपानेमा मुख्य कार्यालय रहेको नेपालकै ठुलो सहकारी संस्थाको रुपमा चिनिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्ममा ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ बचत संकलन गरेको छ ।
संस्थाले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग लगानी योग्य रकम तरलता २८.४४ प्रतिशत अर्थात ३ अर्ब १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैया रहेको छ।
सेयर पुँजी १ अर्ब ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैयाँ रहेको छ सहारासँग १ अर्ब २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैयाँ संस्थाको जगेडा कोषमा रहेको छ भने ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ अन्य विभिन्न कोषमा रहेको पाइएको छ ।
साहाराले ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ बचत संकलन गर्दा १० अर्ब ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैयाँ सदस्यहरुबिच कर्जा लगानी गरेको विवरणमा उल्लेख छ ।
संस्थाको संस्थागत पुँजी १ अर्ब २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैयाँ र बाह्य ऋण २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ रहेको छ । १ लाख ५७ हजार ८ सय ६१ जना सदस्य रहेको संस्थासंग ७५ हजार ५४० जना ऋणी सदस्य रहेको बताइएको छ ।