हेर्नुहोस्, इटहरी उपमहानगरको १ र २ वडाअध्यक्षले पनि सिफारिस गरेका थिए जग्गाको मुल्यांकन वृद्धि

प्रकाश बन्जारा ।

इटहरी । इटहरी उपमहानगरमा भएको करको भारी वृद्धिमा उपमहानगरका वडा अध्यक्षहरूकै हात रहेको खुलेको छ ।

इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की कैलासले गत आर्थिक बर्षमा भएको मुल्यांकन भन्दा तीन गुणा भन्दा बढी मुल्यांकन वृद्धि गर्दैै उपमहानगरका प्रस्ताव गरेको पाइएको छ ।

इटहरी वडा नम्बर १ को साविक हाँसपोसा ९ हाल इटहरी १ को पक्की सडकसँग जोडिएको जग्गाको मुल्यांकन गत आर्थिक बर्षमा ९ लाख ९० हजार रहेकोमा एकै पटक ३२ लाख पुर्याइएको छ ।

उक्त प्रकरणका जग्गाको मुल्यांकन मालपोत कार्यालयले २० लाख प्रति कठ्ठा मुल्यांकन गरेको थियो । वडा नम्बर १ ले ८ लाख २५ हजारको मुल्यांकन भएका जग्गालाई २५ लाख पुर्याएर प्रस्ताव गरेको छ भने ७ लाख १५ हजारलाई बढाएर २० लाख र ३ लाख ५७ हजार लाई ६ गुणा बढाएर २० लाख मुल्यांकन प्रस्ताव गरेको छ ।

यता पक्की शाखा सडक बाहेक साविक हाँसपोसा ९ हाल इटहरी १ को बाकी सम्पुर्ण जग्गाको मुल्यांकन कट्ठाको १ लाख ६५ हजारबाट बढाएर ७ लाख पुर्याइएको छ ।

साविका हाँसपोसा ३ का हाल इटहरी १ मुल पिच सडकसँग जोडिएको जग्गाको मुल्यांकन अघिल्लो आर्थिक बर्षमा १५ लाख रहेकोमा यो बर्ष ४० लाख पुर्याएर वडाले सिफारिस गरेको थियो भने मालपोतले उक्त जग्गाको मुल्यांकन ३० लाख सिफारिस गरेको थियो ।

यता ३ लाख ३० हजार कित्ता रहेको उक्त वडाका सम्पुर्ण जग्गाको मुल्यांकन एकैचोटी ९ लाख प्रस्ताव गरिएको छ भने वडा नम्बर १ को साविका हाँसपोसा १ हाल इटहरी १ मा रहेका मुल सडकसँग जोडिएको जग्गाको मुल्यांकन कट्ठाको ४० लाख ७० हजार रहेकोमा तीन गुणा हाराहारी बढाएर १ करोड २० लाख कठ्ठा पुर्याइएको छ ।

यता वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइरालाले कोशी राजमार्गसँग जोडिएको जग्गाको मुल्यांकन ४४ लाख कट्ठाबाट बढाएर १ करोड २० लाख प्रस्ताव गरेको पाइएको भने उक्त वडाका दायाँ वायाँ पिच सडकका जग्गाहरुको मुल्यांकन २६ लाख ४० हजार कट्ठाबाट बढाएर एकै पटकमा ५० लाख कठ्ठा पुर्याइएको छ ।

पिच सडकमा नपरेका उक्त वडाका दायाँ बाया सडकसँग जोडिएका जग्गाको मुल्यांकन अघिल्लो आर्थिक बर्षमा १९ लाख ८० हजार रहेकोमा यस बर्ष ३० लाख प्रस्ताव भएका थिए भने बाटोले छोएका बाहेकका उक्त वडाका जग्गाको मुल्यांकन ५ लाख ५० हजार कायम रहेकोमा यस बर्ष शत प्रतिशत बढाएर १० लाख कठ्ठा पुर्याइएको छ भने वडा नम्बर २ को सबैभन्दा कम मुल्यांकन पनि १० लाख नै भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.