सेउती नजिकै भएको लुटपाट र हत्याको सफल अनुसन्धान गर्ने प्रहरीलाई साउनको उत्कृष्ट प्रहरीको पुरस्कार

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको उपाधि यस पटक इटहरी धरानको सेउती पुल नजिकै भएको लुटपाट र हत्यामा संलग्नको सफल अनुसन्धानकर्तालाई दिएको छ ।

श्रावण महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी मा खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राई र प्रादेशिक अनुसन्धानमा कार्यरत प्रसनी किरण मगर घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले बिभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तब्य निर्वाह गर्ने २ जनालाई उत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ ।

पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक मगरले धरानको जंगल एरियामा श्रृंखलाबद्ध रुपमा भएको लुटपाट र श्रावण ५ गते सेउती पुल नजिक लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समुहको सुक्ष्म अनुसन्धान गरी घटनामा संग्लग्नहरुलाई पक्राउ गर्न सफल भएको र खोटाङकी प्रहरी सहायक निरीक्षक राईले खोटेहांङ गाउँपालिका ३ का १६ बर्षीय राजेश राई २०७८ पौष ८ गते देखि हराएकोमा खोजतलास गर्ने क्रममा छिमेकी राष्ट्र भारतको जम्मु काश्मिर उदमपुरको पलास बाल आश्रममा रहेको सूचना पश्चात देल्ली सी.डब्लु. नामक संस्थासंग आवश्यक समन्वय गरी नेपाल ल्याउने वातावरण निर्माण गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिगत देखि नै प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गरी प्रत्येक महिना सर्वोतकृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.