इटहरी । इटहरी उपमहानगरको सहकारी शाखाले नगरको नियमन क्षेत्रका सहकारी संस्थामा अनुगमन तिव्र बारेको छ ।
सहकारी शाखाका प्रमुख बालकुमार पोखरेल सहितको टोलीले इटहरी ६ मा रहेको टेवा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ भने इटहरी २ मा रहेको सुनिश्चित महिला कृषि सहकारी संस्थाको समेत अनुगमन गरेको छ ।
सहकारी संस्थाहरुमा रहेको बेथिती र सर्वसाधारण बचत कर्ता एंव सहकारीका सदस्यको बचतलाई सुरक्षित बनाउन समेत अनुगमनलाई अगाडी बढाइएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बेष्ट सञ्चारलाई बताए ।
अनुगमनमा सहकारी शाखाका सुमन पौडेल, जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी साथै जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा अधिकारीहरुले संस्थाको ऋण लगानी, यसको प्रक्रिया, तरलता, संचालक समिति साथै संचालकको विवरण लगायतका फायल अध्ययन गरेको बताएको छ ।
पछिल्लो समयमा सहकारी शाखाले इटहरीमा रहेका सहकारीको अनुगमनमा तिव्रता दिएको छ ।