धार्मिक विवाद मौलाएपछि धरानका पुर्व मेयर एक ठाउँ ९ गते सद्भाव र्‍याली निकाल्ने

इटहरी । गोरु काटेर खान पाउनुपर्छ भन्ने र काटन दिनुहुदैन भन्ने पक्षले छुट्टा छुटै विरोधको तयारी गरेपछि धरानका पुर्व मेयरहरु एक ठाउँ जुटेका छन् ।

धरानमा धार्मिक तथा साँस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्नेतर्फ सर्बत्र चिन्ता भइरहेको सन्दर्भमा बिहिबार धरानका ३ पुर्वमेयर र एक उपमेयरले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका हुन ।

बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा पुर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा भेला भएका निवर्तमान मेयर तिलक राई, पुर्वमेयर कुमारबहादुर कार्की, पुर्वमेयर मनोजकुमार मेन्याङबो र पुर्वउपमेयर मीन कुमार सुब्बाले संयुक्त अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गरेका छन् ।

उनिहरुले धरानको सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्याली निकाल्ने र र्यालीमा सहभागिताको लागि सबैलाई आह्वान पनि गरेका छन् ।

उक्तर्याली छाताचोकस्थित पुरानो अस्पतालबाट शुरु भएर भानुचोकसम्म पुग्ने उल्लेख छ । त्यसअघि, धार्मिक तथा सास्ँकृतिक विवादलाई समाधान गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न पनि अनुरोध गर्ने निर्णय उक्त भेलाले गरेको छ । साथै, धरानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने पनि निर्णय भएको अपिलमा उल्लेख छ ।

धरानमा पछिल्लो समय मन्दिर सामु चर्च बनेपछि धार्मिक विवाद शुरु भएको थियो । उक्त धार्मिक विवाद साम्य नहुदै गत साता गोरु काटेर खाएको घटनाले धार्मिक तथा साँस्कृतिक विवादलाई थप चर्काएको छ । यो घटनाले आक्रोशित हिन्दु धर्मावलम्बीहरुले भदौ ९ गते धरानमा गौसंरक्षणको लागि भन्दै प्रर्दशन गर्ने तयारीमा जुटेका छन् । यसको लागि धरान बाहिरबाट हिन्दु धर्मका गुरुहरुले धरान आउन आह्वान गरिरहेका छन् । अर्कोतर्फ, गोरुको मासु खान पाउने साँस्कृतिक अधिकार हो भन्दै आन्दोलनरत पक्षले पनि प्रतिरोध गर्ने तयारीमा जुटेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.