रामधुनी मन्दिरलाई व्यवस्थित गर्ने, गौशालालाई व्यवस्थित गरिने

झुम्का । रामधुनी मन्दिरलाई व्यवस्थित बनाउँदै धार्मिक पर्यटन भित्राउन को लागि पहल गरिएको छ ।

आइतबार रामधुनी ४ मा भएको स्थानीय सरकार समेतको सहभागिताको अभिमुखिकरणका सहभागीहरुले रामधुनी मन्दिरलाई व्यवस्थित बनाउँदै धार्मिक पर्यटकको लागि विश्राम स्थल सहितको विकास गर्ने काममा आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।

रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, झुम्का उबा संघका अध्यक्ष, झुम्का जेसिजका अध्यक्ष बन समितिका अध्यक्ष हरु पुर्ब प्रहरी अध्यक्ष रामधुनी मन्दिर ब्यबस्थापन समितिका पदाधिकारी सहित भएको अभिमुखिकरणबाट मन्दिरको व्यवस्थापन र त्यसका पर्यटकिय सम्भावनाहरूको बिषयमा छलफल गरिएको थियो ।

धार्मिक पर्यटनको लागि मन्दिर परिसरमा आश्रम बनाउने रामधुनी मन्दिर परिसरको मुल गेटमा ५ वटा मुर्ति राख्ने , राममन्डप बनाउने ,१०८ धारा बनाउने १०० फिट को राम को मुर्ति बनाउने सात तले काठै काठ को दरबार मन्दिर बनाउने सुबिधा सम्पन्न धर्मशाला बनाउने गौशाला लाई ब्यबस्थित बनाउने लगायतका विषयमा प्रस्ताव गरिएको थियो भने स्थानीय सरकारको तर्फबाट सहयोग रहने प्रतिवद्धता नगरप्रमुख ले व्यक्त गरेका थिए ।

रामधुनीको जंगलमा रहेका चराचुरुङ्गी तथा बन्य जन्तु हरु को संरक्षण ,लोप उन्मुख गिद्ध को संरक्षण गर्ने साथै खालि ठाउँ मा साज जात को बिरुवा रोप्ने ,हर्राे , बर्रेा, केरा अम्बक , कुरुम जातका बिरुवा रोपी हराभरा बनाउने बिषयमा समेत सरोकारवालाहरुले सकारात्मक पहल गर्ने प्रतिवद्धता राखको रामधुनी बाबा बनसखण्डी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बेष्ट सञ्चारलाई बताए ।

अभिमुखीकरणमा उपस्थित हरुले ईक्राहि मा अर्गानिक तरकारी खेती गर्ने , सम्पूर्ण जात का तरकारी बिषादी रहित उत्पादन गर्ने । माझी , थारु र झागड जाति हरु को कला र संस्कृति झल्कने खाले नृत्य कार्यक्रम गर्ने तथा सम्पुर्ण धार्मिक , कला सँस्कृति लाई जगेर्ना गर्दै प्रत्यक्ष १०० भन्दा बढीलाई रोजगार दिने  अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.