रामधुनी । कला, संस्कृतिको धनि आदिवासी नेवार समुदायको लाखे नाच आज देखि सुरु गरिएकाे छ ।
झुम्कामा विगतका दिनहरुमा जनैपूणिर्मा दिखि सुरु भएर कृष्णजन्मास्टमीमा समापन गर्ने गरिएतापनि यसपालि भने नागपञ्चमी देखिनै सुरु गरिएकाे हाे ।
परम्परा अनुसार नाग पञ्चमीका दिन पहाडी जिल्लाहरुमा बालबालिकाकाे लाखे नाग पञचमी देखि सुुरुवात गर्ने र ठुलाे लाखे भने जनैपूणिर्मा ( यमरि पुर्णिामा ) निकाल्न गरिएतापनि रामधुनीमा भने जनैपूणिर्मा देखि मात्र निकालिन्थाे।
यस वर्ष देखि रामधुनीमा पनि पुरानै रिति अनुसार आज नाग पञ्चमी देखिनै लाखेनाच निकालिएकाे हाे ।लखे नाच राधाकृष्ण मन्दिर देखि निकाल्ने परम्परा भएपनि रामधुनिमा भने झुम्केश्वर मन्दिरबाट सुुरुगरी भमरीचोक, लगुनाचोक, लायन्सचोक लगायतका स्थानमा लाखे नाचकाे झाकि प्रदर्शन गरिएकाे हाे ।
संस्कृति संरक्षणको गर्दै नया पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले सुरु गरेकाे लाखे नाच नेवाः देय् दबु रामधुनी नगर कार्यसमितिले आयाेजना गरेकाे थियाे ।
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा राक्षसकाे रुप धारण गरेर ढाेल झ्याम्टा सनाई नर्सिङ्गा सइतकाे वाजागाजा सहित चाच्ने एक परम्परा रहिआएकाे छ ।
मल्ल कालमा रानीलाई परेकाे पुत्र वियागले विक्षिप्त भएका बेला मल्ल राजाले रानिलाई पुत्र वियाेगकाे पीडा मुक्त गराउन लाखेनाच सुरु गरिएकाे नेवाः देय् दबु जिल्ल कार्यसमिति उपाध्यक्ष केदार कुमार बजिमय ले वताएका छन । रामधुनीमा खाेटाङ्ग, ओखलढुंगा, भाेजपुर, संख्वासभा, काब्रेपलाञ्चाेक, तप्लेजुङ,तेह्रथुम लगायत बाट बसाई सराई गरेर आएका करिव ३५० घर नेवार समुदायकाे बसाेवास रहेका उपाध्यक्ष बजिमयले बताए ।
लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरेको छ । आज देखि सुरु गरिएकाे लाखेनाच रामधुनिका सबै वाडमा प्रदर्शनी गर्ने र मन्छे मरेकाे वर्षदिन भित्र मृतक आत्माकाे संझनामा निकालिने गाई जात्रा जनैपूणिर्मा देखि निकाल्ने गरिन्छ ।
रामधुनीमा भने गाइजात्रा रामधुनी ५ स्थित टेकनारायण श्रेष्ठकाे मा काे संझनामा श्रेष्ठकाे मुलघर बाट निकाल्ने उपाध्यक्ष बजिमयले बताए ।