अवैध संरचना हटाउन इटहरी उपमहानगरको अव १५ दिने सुचना

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिए लगत्तै १५ दिने दोस्रो सुचना आइतबार जारी गरिएको छ ।

पहिलो ३५ दिने सुचनामा कसैले पनि अवैध संरचना नभत्काएपछि दोस्रो सुचना आएको हो । ३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियो ।

टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको थियो ।

खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । खोला पैनी मिच्नेको घर तथा संरचना भत्काउने अभियान द्धारिकलाल चौधरी नगरप्रमुख हुँदा समेत नथालिएको भने होइन तर त्यो सफल हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.