झरीमा रुझ्दै तालतलैया लायन्स डुमरटोकाको मुसहर वस्तीमा

इटहरी । समाजसेवामा स्थापित लायन्स क्लब अफ इटहरी अन्तर्गत तालतलैया शाखाले डेङ्गु महामारीको चपेटाबाट गरिब दुखिहरुलाइ जोगाउन इटहरी १० को डुमरटोकाको मुसहर बस्तीमा झुल बितरण गरेको छ।

झरी परेको विहान आइतबार रुझ्दै लायन्स क्लवले मुसहर बस्तीमा झुल वितरण गरेको हो । बनी गरेर छाक टार्न बाध्य इटहरी १० को डुमटक्का नामले चिनिने मुसर बस्तिमा झुल प्रयोग नहुने बुझेपछि लामखुट्टेको टोकाइबाट जोगिन शकुन भन्ने आसयले वस्तीका ५५ घर परिवारलाई झुल वितरण घर परिबारलाइ राहत दिएको छ।

स्थानिय समाजसेवी युवा तथा लायन्स क्लबको तालतलैया शाखा अध्यक्ष रोशन घिमिरे चक्कोसकृयतामा लायन्स क्लबका व्यक्तित्वको उपस्थितिमा आइतबार बिहान एक कार्यक्रम गरि झुल बितरण गरिएको थियो ।

मुसर बस्तिमा आयोजित झुल बितरण कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक गर्भनर बिजय शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश संसद तथा माओवादी पार्टी केन्द्रीय सदस्य सपना परियारले मन्तब्य दिदै डेङो महामारी लगायत गरिबी निर्मुल गर्नका लागी लायन्स क्लवका सानो र छरितो कार्यक्रमले आफू प्रभावित भएको बताउँदै सरकारलाई दवाव दिन गरिएको कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताइन ।
झुल बितरण गर्दै कार्यक्रमका संयोजक रोशन घिमिरेले समाजमा आइ पर्ने पीडा मर्काको बेला लायन्स क्लव होस्टेमा हैसे गर्ने तयार रहेको बताएका थिए ।

लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ सिका गभर्नर बिजय हरी शर्मा ,लायन्स अभिभावक, रेडक्रस इटहरीका पूर्व अध्यक्ष बिमल पौडेल,एरिया ४ कै कोअर्डिनेटर अजय अधिकारी,लायन्स क्लब अफ तालतलैया का सस्थापक अध्यक्ष अर्जुन शर्मा ,सोही क्लबका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र दाहाल,लायन्स क्लब अफ शान्तिनगरका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले , राजन काफ्ले,कृष्ण सापकोटा,समाजसेवी भाइसन बर्देवा, लगायतको उपस्थिती थियो।

लायन्सले झुल बितरण पछि नजिकै रहेको मनमोहन आवासीय माध्यामिक विद्यालयमा गरिब विद्यार्थीको लागि चौध सय थान कपि समेत वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.