मोटरसाईकलको ठक्करबाट इटहरीका अधिकारीको मृत्यु, रोहन पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ को लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय नेत्र अधिकारीको मृत्यु भएको छ ।

शनिवार दिउँसो करिव सवा २ बजे खनारबाट इटहरी तर्फ आइरहेको को २४ प ७३८९ नम्बरको मोटरसाईकलले साईकल यात्री स्थानिय ५० बर्षीय नेत्र अधिकारीलाई ठक्कर दिदा घाईते भई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिइ भागेका मोटरसाइकल चालक इटहरी ११ का २० बर्षीय रोहन चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.