इटहरी उपमहानगरको जग्गा मूल्यांकनमा वडा अध्यक्षहरु नै उग्र भएको प्रमाणित, वडाबाटै प्रस्तावित भएको थियो भारी वृद्धि, हेर्नुहोस् वडा नम्बर १६ र १७ को अवस्था

प्रकाश बन्जारा ।

इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन २०८० मार्फत एकिकृत सम्पत्ति कर लगायतका करमा गरेको वृद्धिमा वडाअध्यक्षहरूको मुख्य भुमिका रहेको पाइएको छ ।

जिल्ला मालपोत कार्यलय सुनसरी र इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन जारी गर्नुपूर्व वडा कार्यालयबाट प्रस्ताव भएको दर अनुरुप नै आर्थिक ऐनमा जग्गाको मुल्यांकन कायम भएको देखिएको हो ।

कतिपय वडा अध्यक्षहरुले मेयरलाई देखाउँदै पन्छिरहेको अवस्थामा नेकपा एमालेको बहुमत भएको उपमहानगरका वडाअध्यक्षहरूले नै जग्गाको मुल्यांकन भारी मात्रामा बढाएपछि आर्थिक ऐन मार्फत सोहि दर भाउ कायम भएको देखिन्छ ।

वडा नम्बर १७ मुल सडक तथा राजमार्गसँग जोडिएको साविक हाँसपोसा ८ जग्गाको मुल्यांकन जग्गाको मुल्यांकन २८ लाख ६० हजार बाट एकै चोटी ८० लाख प्रति कठ्ठा पुर्याइएको छ । भने मुल सडक राजमार्ग बाहेक साविक हाँसपोसा वडा नम्बर ८ हाल इटहरी १७ का पक्की सडकसँग जोडिएका जग्गाको मुल्यांकन कट्ठाको १८ लाख ७० हजार रहेकोमा वडा कार्यालयबाट कट्ठाको ६० लाख प्रस्ताव गरिएको छ भने हालको इटहरी १७का हालै खोलिएको सडकसँग छोएका जग्गाको मुल्यांकन कट्ठाको ४ लाख १२ हजार ५ सय रहेकामा पाँच गुणा बढाएर कट्ठाको २० लाख मुल्यांकन प्रस्ताव वडा कार्यालयले गरेको छ ।

मालपोत कार्यालयले समेत सो जग्गाको मुल्यांकन १६ लाख कट्ठाले मात्रै गरेको थियो । यता साविक पकली हालको इटहरी १७ पुर्व पश्चिम राजमार्गका सडकसँग जोडिएको जग्गाको मुल्यांकन कट्ठाको २६ लाख कायम रहेकामा वडा कार्यालयले १ करोड बनाएर सिफारिस गरेको छ जुन झण्डै ४०० प्रतिशत हो । सो जग्गाको मुल्यांकन मालपोतले समेत ५० लाख मात्रै गरेको थियो ।

यता वडा नम्बर १६ का वडा अध्यक्ष तेज नारायण चौधरीले त आफ्नो वडाको मुल्यौकमा झनै भारी मुल्यांकन वृद्धि गरेर उपमहानगरमा सिफारिस गरेका छन् ।
हाल वडा नम्बर १६ रहेको साविक पकली १,२,३,४,५ ७ र ९ को हाल पुर्व पश्चिम राजमार्गसँग जोडिएका जग्गाको मुल्यांकन गत बर्ष कट्ठाको २६ लाख ४० हजार रहेकोमा वडाले १ करोड १० लाख प्रस्ताव गरेको पाइएको छ । जुन जग्गाको मुल्यांकन मालपोतले भने ५० लाख मात्रै गरेको थियो । उनले १७ लाख मुल्यांकन भएका जग्गाको प्रति कठ्ठा मुल्यांकन ४० लाख पुर्याएका छन् भने ११ लाखको २४ लाख र १४ लाखको ३० लाख पुर्याएर सिफारिस गरेका छन् ।

वडा नम्बर १६ का पिच सडक बाहेकका १ देखि ९ सम्मका जग्गाको र हाल खोलिएका सडकको मुल्यांकन समेत ६ लाख ६० हजार बाट एकै चोटी २० लाख पुर्याएर प्रस्ताव गरिएको छ ।

साविक वडा नम्बर ४ हालको इटहरी १६ का पुर्व पश्चिम राजमार्गको सडक छोएका जग्गाको मुल्याकंन गत बर्ष कट्ठाको साढे २७ लाख भएकोमा यस बर्ष वडा अध्यक्ष तेज नारायण चौधरीले १ करोड १० लाख प्रस्ताव गरेका छन् भने पुर्व पश्चिम राजमार्ग बाहेक सोहि वडा व्लकका हालसालै खोलिएका जग्गाको मुल्याकंन समेत गत बर्ष कट्ठाको १२ लाख १० हजार रहेकोमा यस बर्ष कट्ठाको ३० लाख वडाले प्रस्ताव गरेको छ ।

यता सोहि वडा व्लकका दायाँ वायाँ सडकसँग जोडिएका जग्गाको मुल्यांकन कट्ठाको १ लाख २० हजारबाट बढाएर एकै चोटि २५ लाख पुयाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.