इटहरी । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले चोरी मुद्धामा दोषि ठहर भई ९ महिना कैद तोकिएका इटहरीका राजेश निम्लेकु लिम्बुलाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार प्रतिवादी लिम्बुलाई पक्राउ गरेको हो ।
चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति गत फागन २८ गतेको आदशले ९ महिना कैद र १० हजार रुपैया जरिवाना तोकेका लिम्बु फरार थिए । उनलाई प्रहरीले घर गाउँमै लुकिछिपि बसेको फेला पारेको हो । लिम्बु इटहरी ३ का हुन ।
पक्राउ परेका उनलाई अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाएको छ ।