इटहरीमै दुध पाउडर बनाउन सुरु, अव दुध उत्पादक किसानले मिल्क होली डे मनाउन नपर्ने

प्रकाश बन्जारा । इटहरी ।

कोशी प्रदेशका ५८ वटा सहकारी संस्थाको साथै कोशी प्रदेश सरकारको सहयोगमा इटहरीको आपँगाछिमा स्थापना भएको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघले दुध पाउडर उत्पादन थालेको छ ।

असार महिनामै परिक्षण गर्ने भनिएपनि केहि ढिला गर्दै साउन महिनाबाट परिक्षण सकाएर दुध पाउडर उत्पादन नै थालेको हो ।
सहकारी संस्थाहरु नै सदस्य रहेर उनिहरुको एकतामा सम्भव भएको यो योजनाले कोशी प्रदेशमै नयाँ सुरुवात गरेको हो । यस अघि झापाको एनएमसी, इटहरीकै कामधेनु लगायतका दुग्ध विकास सहकारीहरूले बिक्रि भएर बाँचको दुध पाउडर बनाउन कि त चितवन कि त पोखरानै जानुपर्ने बाध्यता थियो । अव भने उत्पादन दुग्ध विकास सहकारीहरूको प्रतिलिटर १० रुपैँया भन्दा बढी रकम जोगिएको सगरमाथा एकिकृत डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम दाहाल खत्री बताउँछन् ।

तरल पदार्थमा भएको दूधबाट नौनी एकातिर, निकाल्दै दूधमा भएको तरल पदार्थलाई ड्रायर सिस्टमबाट पाउडर बनाइन्छ । कृषकहरुले उत्पादन गरेको दुध दुग्ध विकास तथा संकलक संस्था र सहकारीहरूले लिने र पाउडर बनाउन मात्रै सगरमाथामा लैजाने भएकाले बजार तथा बेच्ने झन्झट भने नभएको संघका प्रमुख कार्यकारी अधिकृत मेघराज लुइँटेल बताउँछन् ।

आफुहरुको सहभागितामा निर्माण भएको प्लान्टबाट पाउडर उत्पादन सुरु भएपछि खुशी लागेको सगरमाथाको सदस्य संस्था लेटाङको एकिकृत जनभावना सहकारीका हेरम्भ राज भट्टराई बताउँछन् ।

टाढा लैजाँदा पाउडर प्लान्टहरूले पनि नोक्सान काट्ने सिस्टम भएपनि आफुहरुले जति प्रसोधन हुन्छ त्यति नै ग्राहकलाई उपलव्ध गराउने सगरमाथाको भनाई छ । पाउडर उत्पादन पछि भने अव कोशी प्रदेशका ग्राहकलाई पाउडरको मुल्य समेत घट्ने बताइन्छ ।

अव अधिक दुध उत्पादन गर्ने किसानलाई कहाँ लैजाने भन्ने चिन्ता हटेको र अव जति पनि दुग्ध सहकारीहरूले दुध लिन सक्ने वातावरण बनेको चतरा सामुदायिक सहकारीका उपाध्यक्ष दिपक कार्की बताउँछन् ।

५० हजार टन दैनिक दुध प्रसोधन गर्ने प्लान्ट भएपनि अहिले भने दैनिक १२ देखि २० हजार लिटर सम्म मात्रै प्रसोधन गर्दै गरेको अध्यक्ष खत्रीले सुनाए ।

कोशी प्रदेशका ५८ वटा सहकारी र कोशी प्रदेश सरकारको १९ करोड भन्दा बढी लगानीमा बनेको उक्त पाउडर प्लान्टमा ३ वटा युनिट रहेका छन् । प्लान्टले कोल्ड स्टोर, नौनीको प्रसोधन र पाउडर उत्पादन गर्ने गरेको छ । कोल्ड स्टोरको काम केहि बाँकि रहेको संघले बताएको छ ।
अव कोशी प्रदेशका १४ वटै जिल्लाका सहकारी संस्थाहरुलाई सदस्य बनाउँदै किसानलाई दुग्ध उत्पादनमा आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने संघका अध्यक्ष खत्रीले सुनाए ।

काठमाण्डौको न्यु ड्रागन एण्ड कन्ट्रक्सन जेरीले ठेक्का पाएको निर्माणको काम अन्तिम चरणमा रहेको बताइएको छ । प्लान्टका सम्पुर्ण मेसिनहरु फुड एण्ड बायो टेक इन्डिया प्रालिबाट ल्याइएको छ ।

प्लान्टको मुख्य उदेश्य भनेको आगामी दश बर्ष सम्म प्रदेशलाई मिल्क होलिडे हुन नदिनु नै रहेको संघको सदस्य संस्था किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.