प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगर पालिकाले लेखापढी व्यावसायीलाई कार्यलय हाताभित्र प्रवेश नदिनु भनेर गरेको परिपत्र विपरित वडा नम्बर १३ को कार्यालयले लेखापडि व्यावसायीलाई टेवल र कुर्सी सहित कार्यालयमै लेखापडिलाई बस्ने व्यवस्था गरेको पाइएको छ ।
गत हप्तमात्रै इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले एक सुचना जारी गर्दै लेखापढी व्यावसायीले आफुलाई कर्मचारी भएझैँ व्यावहार गर्ने र फर्म भर्ने तथा अन्य काम गर्ने बाहनामा मोटो रकम असुल गर्ने गरेको भन्दै उपमहानगर अन्तगर्ततका कार्यलयमा लेखापडि व्यावसायीलाई नराख्न भनेका थिए ।
यता इटहरी उपमहानगरको वडा नम्बर १३ को कार्यालयले भने लामो समयदेखि वडा कार्यलयको बोर्ड मुनि अफिस नै उपलव्ध गराएर लेखापडि व्यावसायी राखेको पाइएको हो ।
इटहरी उपमहानगर पालिका वडा नम्बर १३ को कार्यलयमा चन्द्र कान्त लाल चौधरी लामो समयदेखि कार्यालयमै लेखापढीको काम गर्दै आइरहेका छन् । चौधरीले एउटा सामान्य फर्म भरेको पनि ५० रुपैँया देखि २ सय रुपैँया सम्म शुल्क लिने गरेको पाइएको छ ।
सरकारी कार्यलयमा देखिने लेखापढी व्यावसायीले कतिपय सेवाग्राही संग चर्को शुल्क माग्ने गरेको गुनासो आएपछि उपमहानगर अन्तर्गतका सबै कार्यालयहरुमा लेखापढी व्यावसायीलाई प्रवेश नदिन उपमहानगरले सुचना जारी गरेको थियो यद्यपि त्यसको कार्यान्वयन भने पाइएन ।
नगर प्रमुख र उपप्रमुखलाई अवगतार्थ गर्दै प्रमुख प्रशासकिय अधिकृत मेहताले वडा कार्यलय परिषरमा अनिवार्य रुपले त्यस किसिमको काम हुन नदिने व्यवस्था मिलाउन भनेको भएपनि त्यसको कार्यन्वयन भने नभएको पाइएको छ ।
लेखापढी व्यावसायीलाई कुर्सी र टेवल नै उपलव्ध गराएर कार्यलयमा स्थान दिएको सम्बन्धमा इटहरी उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष चन्द्रेश्वर सरकार भने आफु एक हप्ता देखि छुट्टीमा रहेर हालै कार्यलयमा हाजिर भएकाले उपमहानगरको परिपत्रबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । बेष्ट सञ्चारसँगको कुराकानीमा वडाध्यक्ष सरदारले आफु भोली बुझेर जानकारी गराउने बताए ।