इटहरी । सप्तकोशीमा पानीको बहाव बढेर सोमबार ५६ वटै ढोका खुल्ला गर्नुपरेपछि प्रदेश प्रहरी प्रमुख सहितको टोलीले सप्तकोशी नदीको स्थलगत निरिक्षण गरेको छ ।
सप्तकोशी नदीमा पानीको वहाव उच्च भए संगै कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो ।
सोमबार बिहान सप्तकोशी नदीमा पानीको वहाव बढेर खतराको रेखा पार गरे पश्चात कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले सुरक्षा सम्वेदनशीलतालाई मध्ये नजर गरी सप्तकोशी नदीको स्थलगत निरीक्षण तथा अनुगमन भएको हो ।
सोमबार सप्तकोशी नदीमा पानीको वहाव बढेर ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पुगेको थियो ।
मौसम विभागले अझै पहाडी क्षेत्रमा पानी पर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।