इटहरी । मोरङको बेलबारी नगरपालिका ५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युतसर्ट भई करेन्ट लाग्दा बेलबारी ५ का २५ बर्षीय प्रेम माझी घाईते भएका थिए । माझीलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।