घोराही सिमेन्टको सुरु भयो दोस्रो बजारमा कारोबार, कतिमा भयो पहिलो कारोबार

इटहरी । घोराही सिमेन्ट कम्पनीको कारोबार आइतबारबाट सुरु भएको छ । प्रिमियम मुल्यका आईपियो बेचेको घोराहीको विवादित आईपिओ दोस्रो पटक पनि ओपन भएको थियो ।

आइतबारबाट शुरु भएको दोस्रो बजारको कारोबार प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ५६५।५० रुपैयाँ दरले घोराही सिमेन्टको पहिलो कारोबार भएको छ ।आइतबार थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार सुरु भएको हो ।

अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । घोराहीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर बिहीबार सूचीकृत भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता २२६।६१ रुपैयाँदेखि ६७९।८३ रुपैयाँसम्म तोकेको थियो ।

‘जीसीआइएल’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ । यता, थ्रीस्टार हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २५५ रुपैयाँबाट सुरु भएको छ । सोही भाउलाई आधार मानेर नियमित कारोबार हुनेछ । नेप्सेले यस कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता ८५।६५ रुपैयाँदेखि २५६।९५ रुपैयाँसम्म तोकेको थियो । रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो ।

‘टीएसएचएल’ संकेतमा थ्रीस्टार हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । यस कम्पनीको ४९ लाख २५ हजार हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।यसैगरी, अप्पर स्याङ्गे हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २५३।६० रुपैयाँको विन्दुबाट सुरु भएको छ । सोही भाउका आधारमा नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८४।५४ रुपैयाँदेखि २५३।६२ रुपैयाँसम्म तोकेको थियो । रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको छ ।

‘युएसएचएल’ संकेतमा अप्पर स्याङ्गेको सेयर कारोबार सुरु भएको छ । यस कम्पनीको २२ लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.