खुल्यो मनकामना इन्जिनियरिङको आईपियो

इटहरी । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गते आज देखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ। सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.