बढेको कर सम्बन्धि अध्ययन गर्न इटहरी उपमहानगरले गठन गर्यो ७ सदस्यीय समिति

इटहरी । इटहरी उपमहानगरपालिकाले ठुलो अंकमा वृद्धि भएको कर सम्बन्धि अध्ययन गर्न सात सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

उपमहानगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, विज्ञमा गणेश दाहाल र पोश राज नेपाल रहेका छन् भने अन्य सदस्यहरुमा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल र वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्य छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रहेका छन् ।

समितिले कर कुन हिसाबमा बढेको छ र कसरी घटाउन सकिन्छ भन्ने बिषयमा अध्ययन गर्ने र कार्यपालिकालाई प्रतिवेदन बुझाउने गरिको अधिकार दिइएको छ ।

समितिले करको दर, रेट, सेवा शुल्क, दस्तुरहरुको अध्ययन गरी पुनरावलोकनका लागि राजश्व परामर्श समिति मार्फत २०८० भदौ मसान्त सम्ममा प्रतिवेदन पेश गर्ने निर्णय शुक्रबारको कार्यपालिका बैठकले गरेको छ ।

कार्यपालिका बैठकमा उपस्थित भएका अधिकांश वडा अध्यक्षहरुले कर अत्यधिक रुपमा बढेको भन्दै घटाउनु पर्ने भनाइ राखेका थिए भने केहि कार्यपालिका सदस्यले भने कर घटेको खण्डमा वडामा गएको बजेटको सिलिङ्ग समेत घटाउने अवस्था आउने बताएका थिए ।

1 Comment

  • बजेट को सिलिङ्ग पुर्‍याउन करको दायरा बढाउनु उचित होला तर करको दर बढाउनु भनेको निकम्मापन हो ।यो कुनै बैज्ञानिक सिद्धान्त होइन। यो त उपमहानगरको कर संकलन गर्ने अस्थिर निति हो। स्थिर निति बनाउनु पर्‍यो मेयर साब। करको दर घटाउनु र दायरा चै बढाउनु पर्छ।जस्ले गर्दा हरेक जनताले स्वेच्छिक तरीकाले कर तिर्न सकुन।जबसम्म जनताले स्वेच्छिक रुपमा कर तिर्न सक्ने हुन्न तब सम्म जति सुकै कर बढाए पनि आर्थिक उन्नति हुन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.