इटहरी । गत बैसाख महिनाबाट सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीको श्रम स्वीकृतीमा जनताको आकर्षण कम देखिएको छ ।
श्रम स्वीकृती अनलाईन मार्फतबाट र विदेशमै रहेर समेत गर्न सकिने अवस्थामा स्थानीय तहबाट पनि श्रम स्वीकृती दिने जिम्मेवारी दिएपछि स्थानीय तहबाट श्रम स्वीकृती दिने काम शुरु भएपनि त्यसमा आकर्षण भने कम पाएको हो ।
बैसाख १ बाट श्रम स्वीकृती दिन थालेको स्थानीय तहमा साउन महिना सकिन लाग्दा समेत श्रम गर्ने नेपालीको संख्या भने आधा सय पनि कट्न सकेको छैन ।
सुनसरी जिल्लाकै ठुलो र धेरै जनसख्या भएको पालिकाको रुपमा हेरिएको इटहरी उपमहानगरपालिकामा समेत हालसम्म ४५ जनाले मात्रै श्रम स्वीकृती लिएका छन् ।
पलिकाबाट सबै काम हुने भएपनि जानकारी अभावमा श्रमगर्ने नेपालीको संख्या कम भएको पाइएको हो । इटहरी ८ घर भएका शुक्रबहादुर विश्वकर्मा आफ्नै पालिकामा श्रम स्वीकृती लिन पाउँदा खुसि भएको बताउँछन् तर प्रशस्त जानकारी नहुदा धेरै साथीहरु काठमाण्डौ तथा विराटनगर जनो गरेको उनको भनाई थियो ।
इटहरी उपमहानगरले बिमा , राजश्व लगायत सबै काम एकै ठाउँबाट गरिदिने गरेको रोजगार शाखाकी संयोजक सोनु खनाल बताउँछिन् ।
श्रम गर्न आउने कतिपयले छुट माग्ने गरेको , बिमा लगायतको रकम चर्को भएको गुनासा गर्ने गरेको भएपनि आफुहरुसँग कुनै छुट गर्ने अधिकार नभएको र कुनै पनि फाल्सो शुल्क नलिई काम गरिदिने गरेको संयोजक खनाल ले सुनाइन ।
यता सुनसरीको अर्को पालिका रामधुनी नगरपालिकाले भने ४ महिनामा जम्मा जम्मी १० जनाको श्रम स्वीकृती गरेको छ ।
झन्झटिलो प्रत्रिया भएको र पालिकाबाट श्रम स्वीकृती दिलाउँदा कसैकसैको ४ दिन सम्म लाग्ने गरेको रामधुनी नगरपालिकाको रोजगार शाखाका प्रमुख खगेन्द्र सुव्वा बताउँछन् ।