इटहरी । निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनको कार्यक्रमहरु हाललाई स्थगित भएको छ । सरकारले संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकलाई तत्काल संसदमा टेवल नगर्ने भनेपछि निजी विद्यालयहरुले गर्ने भनेको आन्दोलन तत्कालका लागि फिर्ता भएको जनाएको छ ।
निजी विद्यालयहरुलाई बाइबास गरेको भन्दै निजी विद्यालय सञ्चालकहरूले बुधबारदेखि व्यापक आन्दोलनको कायक्रम गर्न थालेका थिए । अव भने आन्दोलन स्थगित भएको बताइएको छ ।
निजी विद्यालयमारा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।
प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो ।