नीजि शिक्षण संस्थाको छाता संगठनले बुझाए सुनसरी जिल्ला प्रशासन र स्थानीय निकाय प्रमुखलाई ज्ञापन

इटहरी । मन्त्री परिषदले सदनमा पेश गर्न लागेको शिक्षा ऐनका केहि बुँदा नसच्चिए साउन २८ गतेदेखि पठनपाठननै बन्द गरेर आन्दोलन गर्ने चेतावनी नीजि तथा आवासिय विद्यालयहरुले दिएका छन् ।

प्यावसन तथा हिसानले सयुक्त रुपमा बिहिबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधान सच्याउनुपर्ने मागसहित साउन २८ गतेदेखि पठनपाठन बन्द गर्ने चेतावनी दिएका हुन ।

निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेशनल प्याब्सन र हिसान सुनसरीले संयुक्त रूपमा बिहीबार सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधानहरू सच्याएर मात्र ल्याउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यलय सुनसरी र स्थानीय सरकारका प्रमुखलाई समेत भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले माग सुनवाइ नगरी प्रस्तावित विद्यालय शिक्षा विधेयक ल्याए केन्द्रीय कार्यक्रम अनुसार विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी उनिहरुको छ ।

सरकारले ल्याउन लागेको उक्त विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा जानुपर्ने प्रावधान निजी विद्यालय विरोधी भएको हिसान र प्यावसनका अगुवाहरुले बताएका छन् ।

गत साता मन्त्रिपरिषद्ले पास गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्षभित्र निजी वा सार्वजनिक गुठी रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.