इटहरी ।आफु पढेको विद्यालयको माया कति हुन्छ भन्ने कुराको उदाहरण बन्दै रामधुनीका २ युवा मनिष काफ्ले र किरण चापागाईले आफुले अध्ययन गरेको विद्यालयलाई पंखा हस्तान्तरण गरेका छन् ।
रामधुनी नगरपालिका वडा नम्बर ३ मा रहेको पञ्चायत माध्यमिक विद्यालयलाई पुर्व विद्यार्थी द्वय काफ्ले र चापागाईले १२ थान पंखा उपलव्ध गराएका हुन ।
उनीहरुले झुम्काका मिराज प्रा।लि,नागदेबी सप्लायर्स ,जय श्री इलेक्ट्रोनिक्स,कृष्ण टिभी एण्ड मोबाइल इलेक्ट्रोनिक्स बाट सिलिगं पंखा लिएर विद्यालयलाई बिहिबार हस्तान्तरण गरेका थिए । उनीहरुले झुम्का बजारमा व्यापार व्यवसाय गर्ने साथीहरुले संचालन गरेका पसलहरूको तर्फबाट पंखा संकलन गरेर विद्यालयका प्रधानाध्यापक दीपनारायण चौधरीलाई हस्तान्तरण गरेका थिए ।
रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लेखनाथ बास्तोला भोलाको उपस्थितीमा विद्यालयलाइं पंखा हस्तान्तरण गरिएको पुर्व विद्यार्थी किरण चापागाईले बेष्ट सञ्चारलाई बताए ।
विद्यालयमा रहेका पंखा हरु पुरानो भएको र गर्मी मौसममा विद्यार्थीहरुलाई पढ्न असहज बनेको भन्दै साथीहरुबाट सहयोग जुटाएर पंखा प्रदान गरेको चापागाँईको भनाई छ ।