छोरीलाई बिष खुवाउने बाबु प्रहरी नियन्त्रणमा

इटहरी । आफ्नै छोरीलार्य जबरजस्ती बिष ख्वाएको आरोपमा एक बाबु पक्राउ परेका छन् ।

सुनसरी बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतलाई प्रहरीले पक्राउ गरेको हो । कामतले छोरी राधिकालाई जवरजस्ती विष खुवाएको बताइएको छ । मादक पदार्थ सेवन गरी २० बर्सिया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका हुन् ।

तरकारी बालीमा किरा मार्न ल्याएको विष बुबा अर्जुनले छोरीलाई जबरजस्ती खुवाएपछि राधिका छट्पटाँउदै सडकमा आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने, सडकमा राधिकालाई छटपटाएको देखेपछि गाँउलले प्रहरीलाई खबर गरे ।

प्रहरीले राधिकालाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा पुर्‍याएको छ ।राधिकाको कोशी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरी दिनहुँ बुबाले कुटपिट गरेपछि राधिका घर बाहिर बस्दै आएकी थिइन् । उनी घर गएको बेला अर्जुनले घाँटी समातेर विष खुवाएको प्रहरीले जनाएको छ । छोरीलाई विष खुवाउने अर्जुनलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.