इटहरीका सिटी सफारी चालकको हितमा काम गर्न सयुक्त संघर्ष समिति गठन, कुमार तामाङ्ग लाई संयोजकको जिम्मेवारी

प्रकाश बन्जारा ।

इटहरी । इटहरी उपमहानगरमा भएका ९ वटा सिटी सफारी चालकहरुको पेशागत संगठनहरुको छाता संगठनको रुपमा सिटी सफारी संघर्ष समिति गठन भएको छ ।

सिटी सफारीका बिषयमा भएको नीतिगत समस्याको समाधान गर्नुका साथै त्यसको व्यवस्थापन र समन्वयका लागि संघर्ष समितिको आवश्यकता महसुस गरिएको प्रदिप तामाङ्ग ले बताए ।

इटहरी उपमहानगरको सवारी व्यवस्थापनका लागि नगरप्रमुख सहितको समिति गठन गरिएको भएता पनि नगर प्रमुखले तीन पांग्रे सवारीलाई वेवास्ता गर्दै समावेश नगरेपछि सिटी सफारीका समस्याको सयुक्त आवाज बोल्न संघर्ष समिति गठन गरिएको बताइएको छ ।

संघर्ष समितिको नेतृत्व अखिल नेपाल सिटी सफारी चालक संगठनका कुमार तामाङ्ग ले गरेका छन् भने उपाध्यक्षमा ङणेन्द्र तिम्सिना र हर्क लिम्बु सचिवमा भोला न्यौपाने खत्री सहसचिवमा बिजय वस्ती, कोषाध्यक्षमा शुक्र बहादुर तामाङ्ग सहकोषाध्यक्षमा रेवती कुमार श्रेष्ठ रहेका छन् भने सदस्यहरुका कमल ढकाल, जिवन कुमार अधिकारी, वेदराज तिम्सिना, परि राई, दिपक प्रसाई, गोपाल जोगी, दिपेन्द्र चौधरी, रघु नन्दन पोख्रेल, उत्तर बहादुर खत्री र अम्बर कोइराला रहेका छन् ।

जहाँ जहाँ समस्य छ त्यहाँ समाधान गर्नुपर्छ भन्ने हिसावले इटहरीमा रहेका ९ वटै सफारी सम्बद्ध संगठनको साझा संस्थाको रुपमा संघर्ष समिति निर्माण गरिएको तामाङ्ग ले बेष्ट सञ्चारलाई सुनाए ।

सरोकारवाला निकाय मध्ये उपमहानगर पनि मुख्य भुमिकामा रहेपनि उपमहानगरको प्रमुखबाट गैह्र जिम्मेवार व्यवहार भएको संघर्ष समितिका संयोजक कुमार तामाङ्ग बताउँछन् ।

इटहरी उपमहानगरले बनाएको तीन पांग्रे सवारी व्यवस्थापन कार्यविधि अनुसार नगरपालिकामा दर्ता नविकरण भइरहे पनि साउन १ गतेबाट यातायात व्यवस्था कार्यालयबाटै उक्त काम भइरहेको छ ।

सिटी सफारी व्यवस्थापनमा तेस्रो पक्ष बिमा राखिनु राम्रो भएपनि लाइसेन्स नै नभएका सफारी चालकलाई क्षतिपुर्ति नपाउने बिमा अनिवार्य गरेर अन्याय गरेको आवाज सिटी सफारी चालकले गर्दै आइरहेका छन् ।

बीमा हामी नगर्ने होइन तर बिमा गर्ने तयार छौँ तर कानुनत नियमन नगरेको कारण धेरैसँग लाइसेन्स नभएको र यस्तो अवस्थामा बिमा गरिएपनि क्षतिपुर्ति नदिने भएकोले यस्तो निती सच्चाइनुपर्यो भन्ने कुरा आफुहरुको भएको तामाङ्ग बताउँछन् ।

जसका लागि मजदुर नेतृ सरिता कार्की, अभियान्ता प्रदिप तामाङ्ग सहित सयुक्त सिटी सफारी चालकहरुको संगठन यातायात कार्यलय पुगेर प्रमुख सँग छलफल गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.