सुनसरीका नीजि विद्यालयले भोली बिहिबार जिल्ला शिक्षा कार्यलय, समन्वय इकाई र स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाउने

इटहरी । संस्थागत विद्यालयका तीन संगठन प्याब्सन, एनप्याब्सन र हिसानले प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक मस्यौदा बिरुद्धको आन्दोलनको क्रममा भोली बिहिबार जिल्ला शिक्षा कार्यलय, शिक्षा समन्वय इकाई र स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाउने भएका छन् ।

नीजि विद्यालयहरुको छाता संगठनहरुको साझा कार्यक्रम अनुसार कतिपय जिल्लामा आजै बुधबार ज्ञापन पत्र बुझाउने तथा पत्रकार सम्मेलनका कार्यक्रम भएता पनि सुनसरी तथा कोशी प्रदेशका संस्थाहरुले भने कोशी प्रदेशमा बुधबार सार्वजनिक विदा भएका कारण बिहिबारको कार्यक्रम राखिएको प्याब्सन रामधुनी नगर कमिटीका सचिव हरी रायमाझीले बताए ।

तीन संगठनले भोली बिहिबार बिहान सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् भने साढे दश बजे शिक्षा कार्यलयमा ज्ञापन पत्र बुझाउने, ११ बजे शिक्षा समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने र दिउँसो स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको रायमाझीले बेष्ट सञ्चारलाई बताए ।

तीनै संगठनको बुधबार बसेको सयुक्त बैठकले ज्ञापन पत्र बुझाउने लयातका कार्यक्रम तय गरेको हो । संस्थागत विद्यालयका तीन संगठन प्याब्सन, एन प्याब्सन र हिसान प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक मस्यौदा विरुद्ध आन्दोलनमा उत्रिएका हुन ।

प्याब्सन, एन प्याब्सन र हिसानका अगुवाले प्रस्तावित विधेयकमा निजी विद्यालयलाई पाँच वर्षभित्र शैक्षिक गुठीमा जानु पर्ने लगायतका प्रावधान निजी विद्यालय विरोधी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

3 Comments

  • नोट अफ डिसेन्टः-विधालय विधार्थीका लागी मन्दीर भनिन्छ । त्यहाँ विधार्थीले अध्ययन गर्ने र ज्ञान हासिल गर्छन् । परापुर्वकालमा ज्ञान का लागी गुरुकुल जाने प्रचलन थियो ,हाल त्यस्लाई विधालय भनिन्छ । गुरुकुल मा ज्ञान आर्जन गर्न जाने गरिन्थ्यो तर अहिले त्यहाँ केवल सर्टिफिकट को लागी जाने गरिन्छ । शिक्षा हासिल गर्नु र अध्ययन गर्नु दुइ फरक कुरा हुन भन्ने कुरा बुझ्न नसक्दा अहिलेको विष्व रुमल्लिरहेको छ । खास गरेर नेपालमा एउटा येस्तो समस्या सिर्जना भयो कि कहिं कतै तादाम्यता नमिलेको हो कि के हो सबै असरल्ल छरिएजस्तो लाग्छ । यहाँ कुनै कुरा मिलेकै छैन । न त संस्कार मिलेको छ न संस्कृती मिलेको छ ,न त राजनितिमा केहि कुरा मिलेको छ न त सरकार को काम गर्ने शैली नै । आज भने नेपाल मा शिक्षा को बारेमा कुरा गरौं – प्रजातन्त्र प्राप्ती पश्चात नेपाली शिक्षा निति मा परिवर्तन धेरै पहिले नै हुनु पर्दथ्यो तर भएन । किनकी नेपाली राजनितीमा सबै नेतृत्व साचो अर्थमा जनता को सेवा राष्ट्रको उन्नती र प्रगती को लागी संघर्ष मा लागेको थिएन ।सबैका आ-आफ्ना स्वार्थ थिए , कसैलाइ शिक्षामा बढी पैशा कमाउनु थियो तेहि भएर नेता बनेको थियो , कोहिलाई स्वास्थ्यमा पैशा कमाउन सकिन्छ भन्ने थियो तेही भएर संघर्ष को मैदानमा आएको थियो । नेतृत्व लाई पनी प्रजातन्त्र भनेको के हो भन्ने हेक्का थिएन उनिहरु पनी प्रजातन्त्रका नाममा संघर्षको मैदानमा थिए । प्रजातन्त्र प्राप्तिपछी के गर्ने भन्ने हेक्का नभएका नेता बाट हामी नेपाली जनता ले ठुलो आशा र भरोशा गरेका थोयौं जुन भरोशा माथी नेताले यो फोहोरी खेल खेल्छन भन्ने एकरती पनी विश्वास थिएन । तर नतृत्वको अकर्मण्यता को कारण पैशावाला नेताहरुको राजनितीमा बोलवाला भयो अनि सुरु भयो फोहोरी खेल । आज तेसैको परीणाम हो नेपाली शिक्षामा देखिएको डामाडोल को स्थिती आजको नेपाली शिक्षा न त राष्ट्रियता प्रती सचेत छ न त उत्पादन प्रती न त व्यावसाय प्रती नै । छ त केवल स्वार्थ कपट छलछाम र ब्यक्तिवादी । प्रजातन्त्र प्राप्ती पछी सरकारको गलत नितिका कारण कम्पनी ऐन अन्तर्गत विधालय दर्ता गर्नु सबै भन्दा ठुलो गल्ती थियो , नितिगत भ्रष्टाचार थियो जस्को कारण आज पुरै नेपाली शिक्षा क्षेत्रनै बर्बादी तर्फ उन्मुख भयो । सरकार को जिम्मेवारी कसैलाइ धम्क्याउने हो कि आफ्नो निति तथा कार्यक्रम राम्रो बनाउने हो ? सरकारका बजेट भाषण करिब करिब ३०-३२ वटा सुनियो तर हरेक बजेटमा सरकार शिक्षामा बजेट दिन हिच्किचाउँछ । निजि क्षेत्र तेसैको आधारमा शिक्षालाई व्यावसाय को रुपमा बढि भन्दा बढि नाफामुखी हुदै जान्छ । यि सबै को बिचमा अविभावक दैनिक पिसिएको छ त्यहाँ कसैको ध्यान जाँदैन । कोरोना को समयमा कयौंदिन महिना विधालय बन्द गरिए तर अविभावक माथी परेको दोहोरो भार कसैले हेरेन ,हेर्न चाहेन । न त विधालय ले हेर्यो न त सरकारले नै । विधालय ले हरेकघण्टा को पैशा उठाउन बाहेक केहि काम गरेन । अनलाइन क्लासको नाममा हरेक घरमा इन्टरनेट जडान गराइयो तेस्को भारपनी सबै अविभावक को टाउको मा नै थपियो । न त त्यो अनलाइन कक्षा प्रभावकारी भयो न त दिर्घकालिन नै , केवल विधार्थी हरु ग्याजेटका दाश बने । अब फेरी शिक्षानितीको बिरुधमा निजि शिक्षा संस्थान हरुले विधालय बन्दको आव्हान गरेको सुन्दै गर्दा मेरो यो विषयमा निट अफ डिसेन्ट छ ।

  • sildenafil 130

    सुनसरीका नीजि विद्यालयले भोली बिहिबार जिल्ला शिक्षा कार्यलय, समन्वय इकाई र स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाउने – बेस्ट सञ्चार

  • essay help sites

    सुनसरीका नीजि विद्यालयले भोली बिहिबार जिल्ला शिक्षा कार्यलय, समन्वय इकाई र स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाउने – बेस्ट सञ्चार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.