इटहरी । लायन्स क्लव अफ झुम्काले रामधुनी ३ मा रहेको पञ्चायत माध्यमिक विद्यालयमा पुस्तक सहयोग गरेको छ ।
लायन्स क्लव अफ झुम्काका चार्टर प्रेसिडेन्ट दुर्गा प्रसाद फुयालको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रमका बिच क्लवले विद्यालयको पुस्तकालयलाई पठनिय पुस्तकहरु प्रदान गरेको हो ।
बिद्यालयमा दिइएका पुस्तकहरु विद्यार्थी तथा शिक्षकहरुका लागि समेत पठनिय र उपयोगी रहेको लायन्स क्लवले जनाएको छ । यसैबीच क्लवले विदेशमा समेत नेपालको नामबाट लायन्स क्लव खोलेर नेपालको नाम चिनाउने झुम्काका कृष्ण आचार्यलाई सम्मान समेत गरेको छ ।
आचार्यले आधारभुत तहको शिक्षा प्राप्त गरेकै विद्यालयमा उनलाई क्लवले सम्मान गरेको हो ।
अमेरिकाको क्विनस्मा लायन्स क्लव अफ क्विन बुद्धको स्थापना गरेर नेपालको नाम चिनाउने आचार्यलाई लायन्स क्लव अफ झुम्को तर्फबाट सम्मान गरिएको चार्टर प्रेसिडेन्ट दुर्गा प्रसाद फुयालले बताए ।
सम्मानसँगै लायन्स क्लव अफ झुम्का र लायन्स क्लव अफ क्विन बुद्ध बिच ब्रदरहुड अर्थात भाइचाराको सम्बन्ध राख्ने सहमति समेत भएको छ । अव उप्रान्त कन्फ्रेन्समार्फत झुम्कालाई समेत सहभागि गराउने गरी भाइचाराको सम्बन्ध राख्ने सहमति गरिएको लायन्स क्लवले बताएको छ ।
अमेरिकाको क्विन्समा आचार्यकै पहलमा लायन्स क्लव अफ क्विन्स बुद्ध स्थापना गरिएको थियो भने उनि सो संस्थाको २ कार्यकाल अध्यक्ष समेत रहेका थिए ।
सम्मान ग्रहण गरेपछि आचार्यले आफु अध्ययन गरेको विद्यालयमै सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको प्रतिक्रिया दिएका छन् ।