इटहरीको करबारे नेकपा एस पनि बोल्यो, “आम इटहरी बासीको हितमा नभएको कर व्यवहारिक र बैज्ञानिक छैन”

इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक विद्ययक मार्फत वृद्धि गरेको कर आम इटहरी बासीको हितमा नभएको नेकपा एकिकृत समाजवादी इटहरीले बताएको छ ।

अस्वभाविक कर बढेको भन्दै सर्बत्र बिरोध भइरहेको बेला नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगर कमिटीले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै कर व्यवहारिक र बैज्ञानिक नभएको बताएको हो । एउटै आर्थिक बर्षमा हचुवाको भरमा २३७ प्रतिशत देखि ३०० प्रतिशत सम्म गरिएको कर वृद्धि प्रति पार्टीले भत्सना गरेको छ ।

पार्टीका नगर अध्यक्ष गणेश बुढाथोकीका हस्ताक्षर गरिएको बिज्ञप्तीमा हचुवाको भरमा वृद्धि गरिएको कर पुन निर्धारण गर्न माग गरेको छ । कर पुन निर्धारण नगरिए साउन २५ गतेबाटै चरणवद्ध आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा एमालेले आजै पत्रकार सम्मेलन गर्दै साउन मसान्तसम्म कर समायोजन गर्न नगर प्रमुखसँग माग गरेको छ भने ज्ञापन पत्र समेत बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.