कोशी ब्यारेजमा रातो बत्ति र रातो झण्डा, २८ ढोका खोलिए

इटहरी । पानीको बहाव बढेपछि सुनसरीको सप्तकोशीको नदि स्थित कोशी व्यारेजमा रातो बत्ती र रातो झण्डा लगाइएको छ ।

खतराको घण्टी स्वरुप रातो बत्ती र झण्डा राखिएको कोशी व्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

५६ वटा ढोका रहेको कोशी पुलका २८ वटा ढोका खोलिएका छन् भने अन्य ढोका बन्द छन् । सप्तकाेशी नदीमा पानीको बहाव निरन्तर रूपमा बढेपछि काेशी ब्यारेजमा पानीकाे सतह खतराकाे तह भन्दा माथि पुगेको छ । अहिले प्रति सेकेण्ड १ लाख ९१ हजार क्युसेक पानीकाे बहाव रहेको काेशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.