सुनसरीमा आयो पचास हजार राष्ट्रिय परिचय पत्र, मोवाइलमा म्यासेज गरेर बितरण गरिने

इटहरी । जिल्ला प्रशासन कार्यलयमा दर्ता गराई बायोमेट्रिक दिएका पचास हजार जनाको राष्ट्रिय परिचय पत्र जिल्ला पशासन कार्यलय सुनसरीमा आएका छन् ।

जिल्ला प्रशासनमा प्राप्त भएका उक्त परिचय पत्रलाई सिस्टममा अपडेट गरेर नागरिकको मोवाइलमा अपडेट गर्ने र सोहि आधारमा परिचय पत्र बितरण गरिने जिल्ला प्रशासन कार्यलय सुनसरीले बताएको छ ।

राष्ट्रिय परिचय पत्र वितरण गर्दा पुन बायोमेट्रिक लिनुपर्ने भएकाले मोवाइलमा म्यासेज आएपश्चात स्यम जिल्ला प्रशासन कार्यलयमा गएर लिन सकिने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छन् ।

सुनसरी जिल्ला प्रशासन कार्यालयले दैनिक १५० देखि १८० जना सेवाग्राहीलाई फोटो सहितको राष्टिय परिचय पत्रको सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.