सहकारीको अनुगमनमा सक्रिय हुँदै इटहरी उपमहानगर, राम्रोसँग बुझेर कारोबार गर्न नगरप्रमुखको आग्रह

इटहरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले सहकारीको अवस्था राम्रो संग बुझेर मात्रै आर्थिक कारोबार गर्न नगरबासिलाई आग्रह गरेका छन् ।

उपमहानगरको सहकारी शाखाले निरन्तर सहकारीको अनुगमन गरीरहेको बताउँदै मेयर पौडेलले महंगो र चर्को व्याजको लोभमा मात्रै सहकारीमा नलोभिन आग्रह गरेका छन् । उपमहानगरभित्रका सहकारी संस्थाहरु कोहि कारागार समेत चलान भइसकेको बताउँदै नगरप्रमुख पौडेलले सहकारीलाई वित्तीय अनुसासन पालना गर्न आग्रह गर्दै उपमहानगरले सहकारीहरुको अनुगमन गरिरहेको र कतिपयलाई उपमहानगरमै बोलाएर सचेत समेत गराइरहेको बताएका छन् ।

नगरपालिकाले तोकिएको समयमा आर्थिक तथा वित्तीय विवरण नगरपालिकामा नबुझाउने , समयमा साधारण सभा नगर्ने तथा सहकारी ऐन भन्दा पर रहेका आर्थिक तथा वित्तीय काम गर्ने सहकारीलाई सचेत गराउने गरेको बताएको छ ।

विगत २ हप्ताबाट निरन्तर अनुगमनमा लागेको सहकारी शाखाले अधिकांश सहकारी संस्थाका संचालक तथा व्यवस्थापक कार्यलयमै नहुने कतिपय सहकारी संस्थाहरु दर्ता भएका तथा कार्यलय खुल्दै नखुल्ने गरेको पाइएको उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बताए ।

सहकारी शाखाले सार्वजनिक विदाको दिन बाहेक कार्यलय खोल्ने वातावरण बनाउन र जिम्मेवार पदाधिकारी कार्यलयमा उपलव्ध हुन समेत सहकारी शाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.