घुम्नै पर्ने नेपालका १० पर्यटकीय गन्तव्य

इटहरी । प्राकृतीक छटाले भरिपुर्ण नेपालका हरेक ठाउँ घुमौँ घुमौ लाग्ने छन् । यद्यपि विदेशी पर्यटकलाई समेत मन लोभ्याउने देखि लिएर विश्व सम्पदा सुचिमा रहेका गन्तव्यहरु नेपालमा घुम्नै पर्ने पर्यटकीय गन्तव्यको रुपमा देखिएका छन् ।

नेपाल पर्यटकीय गन्तव्यमा विश्वकै उत्कृष्ट देशको सूचीभित्र पर्छ । यसले विकासमा समेत टेवा पुग्ने देखिन्छ । भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण नेपालमा घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया समथर फाँट, त्यस्तै बनजंगलमा पाईने डाँफे, मयुर, कोईली, चिरबिर गर्ने भगेंरा लगाएतका सयौं पन्छीहरुको गुनगुनाई, हात्ती गैंडा, बाघ, मृग, चित्तल, गोही लगाएत हजारौ जिबजन्तुको बासस्थान रहेको हाम्रो देश नेपाल साच्चै भन्ने हो भने बिश्वको जिवन्त स्वर्ग भएको कुरा विश्व घुमेका पर्यटकहरुबाट सुन्न पाइन्छ ।

कोरोना भाइरसको संक्रमण तथा आर्थिक गतिविधिमा आएको संकुचनका कारण पनि मानिसहरु देशका विभिन्न क्षेत्र घुमघामका लागि निस्केका थिएनन् अव भने पर्यटनले विस्तारै आफ्नो गति लिँदै छ । घुमफिरले नयाँ स्थानको ताजा ज्ञान र मनोरञ्जन मात्रै हुँदैन, अर्थतन्त्र चलायमान बनाउन पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

नेपालमा बिश्वले मानेको बौंद्ध धर्मका प्रबर्तक भगवान गौंतम बुद्धको जन्मस्थल लुम्बिनी छ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर छ । हिन्दुहरुको पबित्र तिर्थस्थल देवघाट लगाएतका दर्जनौं शक्तिपिठहरु यहि छन् । बिश्वको सबैभन्दा ठुलो बुद्धको मुर्ति लगाएतका दर्जनौं बौध स्तुपाहरु छन् ।

हामी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुरक्षित रूपमा घुमफिर गरी समयको सदुपयोग गर्न सक्छौँ । यसले हामीलाई केही सिक्ने, देख्ने, मनोरञ्जन प्रदान गर्ने अवसर प्रएत हुन्छ । नेपालमा पर्यटकीय स्थलहरु धेरै छन् । तर हमिले यहाँ नेपालको घुम्नै पर्ने १० गन्तव्यका बारेमा चर्चा गरेका छौँः

गौतम बुद्धको जन्म स्थल लुम्बिनी

गौतम बुद्धको जन्म स्थल हो लुम्बिनी । यो नेपालको कपिलवस्तु जिल्लामा छ । विश्वभरका बौद्धप्रति आस्था राख्ने भक्तजनहरुका लागि यो स्थल मुख्य धार्मिक केन्द्रको रुपमा रहेको छ । पाँच हजार बर्ष अघि बुद्धको जन्म भएको यो ठाँउ आज पनि धेरै यस्ता तथ्ये प्राप्त भएका छन् जस्ले बुद्धको जन्म यहि ठाउँमा भएको हो भन्ने प्रमाण दिन्छ । यी मध्य अशोक स्तमब पनि एक हो ।

सगरमाथा र नाम्चेबजार

पर्यटकहरुको मुख्य रोजाई भित्र पर्दछ । नेपालमा आउनुपुर्व नै कतिपय विदेशी पर्यटकहरु सगरमाथा चढ्नकै लागी भनेर आउने गर्दछन् । सगरमाथाको शिखरमा जान नसक्नेहरुले पनि हेलिकप्टर मार्फत वा ट्रेकिङ्गबाट आधार क्षेत्र नाम्चे बजार सम्म पुगेर फर्कन्छन् । नाम्चेबजार नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ । नाम्चे बजार सोलुखुम्बु जिल्लामा पर्छ ।सगरमाथा सँगै पुर्वका मकालु बरुण राष्ट्रिय निकुन्ज, कञ्चनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षलगायतका क्षेत्रहरु प्राकृतीक रुपमा रहेका हाम्रा अमुल्य सम्पति हुन । यी क्षेत्रको संरक्षण संम्र्बधन गरेर पर्यटकीय क्षेत्रको रुपमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रुपमा थप प्रबद्धन गर्न सकिन्छ ।

मुस्ताङ

हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङ्ग जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ ।

यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो । त्यस्तै, माथिल्लो मुस्ताङ्गलाई हिमालयको मरुभूमि भनेर पनि चिन्ने गरिन्छ । यहाँको कला–संस्कृतिले नेपाली सांस्कृतिक विविधतालाई प्रष्ट्याएको छ ।

बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले जोकोहिलाई पनि मोहित तुल्याउँ छ । बर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ्गको भ्रमणको लागि पुग्ने गर्दछन् । मुस्ताङ्ग जिल्लामा लोमान्थाङ्ग ऐतिहासिक दरबार, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, दामोदर कुण्ड, कागबेनीलगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पर्दछन् ।

मुस्ताङ्गमा यारुझो भ्युटावर, नीलगिरि र धौलागिरि हिमालको दृश्यावलोकन, स्नो लियोपार्ट, घरपझोङ किल्ला, कुछ पतेरंगा गुम्बा, ऐतिहासिक संग्रहालय, मेसोकोन्दोपास र तिलीचो पदमार्ग छन् । यहाँको ठिनी गाउँ थकाली सभ्यताको उद्गमस्थल समेत मानिन्छ । मुस्ताङ आएका पर्यटकको अर्को रोजाइ पर्यटकीय गाउँ मार्फा हो ।

जुन स्थान स्याउ र पर्यटकीय स्थलको रूपमा प्रख्यात छ । मार्फा संस्कृतिले उत्कृष्ट ठाउँ हो । यहाँका परम्परागत शैलीका एकआपसमा जोडिएका घर, स्याउका बुट्यान, डिस्टिलरी, कृषि फर्म हेर्न लायक छन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, दामोदर कुण्ड, छोसेर गुुफा र कोरलापास घुम्ने मध्येका मुख्य गन्तव्य हुन् ।

त्यसो त उपल्लो मुस्ताङमा हेर्नलायक दर्जनौं ऐतिहासिक गुम्बासमेत छन् । मुस्ताङ्ग घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढीरहेको छ । मुस्ताङ्गको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङ्गी सभ्यता र संस्कृतिले पर्यटकहरूलाई लोभ्याउँछ । कतिपय पर्यटकहरू भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा पुग्ने गर्छन् । मुक्तिनाथ पुग्नका लागि म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङ्गको यात्रा गर्न सकिन्छ । पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ ।

कन्याम, इलाम

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।

कन्याम बाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ । कन्याम घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् ।

तालैतालको शहर पोखरा

तालैतालको शहर पोखरा नेपालको घुम्नुपर्ने स्थानमध्ये अग्रस्थानमा पर्दछ । गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित पोखरा नेपालको अत्यन्तै रमणीय एवं स्वच्छ र सुन्दर शहरकोे रूपमा परिचित छ । पोखरामा फेवा ताल, बेगनासताल, रुपाताल लगाएतका सातवटा ताल छन् । त्यसैले यसलाई तालैतालको शहर पनि भन्ने गरिन्छ । पोखरामा बिन्वासीनी मन्दिर, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट लगाएतका दर्जनौं पर्यटकीय मनोरम लिने स्थानहरु छन् । त्यसैले पोखरालाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थल प्रमुख सहरको रुपमा लिईन्छ । नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलमध्ये एक भएकाले यहाँ देश विदेशबाट हजारौं पर्यटक भ्रमण गर्न आउने गर्दछन् । पोखरा कास्की जिल्लाको जिल्ला सदरमुकाम पनि हो ।

भेडेटार, धनकुटा

भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू गर्मी छल्नका साथै चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चाल्स प्वाइन्ट निक्कै चर्चित छ । वि।स। २०३८ सालमा वेलायती युवराज चाल्स शैलुङ्ग डाँडाको टुप्पोमा चढेको भएकाले यस डाँडालाई चाल्स प्वाइन्ट नामकरण गरिएको हो ।

यस्तो स्थाबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ । यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ ।

नगरकोट

नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुने गर्छ । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।

यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

रारा ताल

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो जुन समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । रारा तालले १० दशमलब दुई स्क्वायर किलोमिटर क्षेत्रफल ओगटेको छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । यो ताल ट्रेकिङ मनपराउने हरुको लागि धेरै नै उपयुक्त गन्तव्य हो तर रुट भने धेरै नै असजिलो रहेको छ ।

जुम्लासम्म प्लेनमा वा गाडीमा गएपछि टेकिङ सुरु हुन्छ । पहाडै पहाडको असजिलो बाटोमा हिँडेर विभिन्न गाँउहरु पार गर्दै गएपछि रारा तालको किनारमा पुगिन्छ जहाँको सौन्दर्यलाई जिओआरपीका सस्ंथापक बिल ग्रिरले चारै तिर हिमालले घेरिएको एक कञ्चन निलो मणिको रुपमा वर्णन गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज

यो नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्जको रुपमा सन् १९७३ मा स्थापना भएको राष्ट्रिय निकुुन्ज हो । सन् १९८४ मा विश्व सम्पदा सूचीमा परेको यो राष्ट्रिय निकुञ्जले ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यको रुपमा चिनिने गर्छ । विशेषगरी एक सिंगे गैडा र हात्तिको लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी र्याफ्टिको लागि प्रख्यात छ ।

तिलिचो ताल


मनाङ्ग जिल्लामा रहेको यो ताल नेपालको मात्रै नभएर विश्वकै अग्लो स्थानमा रहेको ताल हो । समूद्री सतहदेखि झण्डै पाँच हजारको उचाइमा रहेको छ यो ताल । यो ताल तिलिचो लेक ट्रेकका नामले पनि प्रसिद्ध छ । यो ठाउँ पनि स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि पुग्नै पर्ने स्थान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.